शिक्षक आन्दोलन तनावग्रस्त, दर्जनभन्दा बढी घाइते, झडपपछि आकस्मिक बैठक

  • वैशाख १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/ काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा शान्तिपूर्णरुपमा सञ्चालन हुँदै आएको शिक्षक आन्दोलन आइतबार तनावग्रस्त बन्दै हिंस्रक मोडमा पुगेको छ। निषेधित क्षेत्र तोड्ने प्रयासपछि प्रहरी र आन्दोलनरत शिक्षकहरूबीच झडप भएको हो।

नेपाल शिक्षक महासंघको नेतृत्वमा गत वर्षको चैत २० गतेदेखि सुरु भएको काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन आइतबार २५ औँ दिनमा प्रवेश गरेको छ। यसअघि शान्तिपूर्ण रुपमा अघि बढेको आन्दोलन आइतबार निषेधित क्षेत्र पार गर्ने प्रयाससँगै तनावग्रस्त बनेको हो।

प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरूले पनि प्रतिकार गर्दै सडक छेउका ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा समेत प्रयोग गरेको थियो।

झडपका क्रममा एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन्।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार, गम्भीर घाइतेहरूलाई सिभिल अस्पतालमा उपचारका लागि पठाइएको छ भने सामान्य घाइतेहरूको उपचार आन्दोलन स्थलमै भइरहेको छ।

घटनापछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, आज दिउँसो तीन बजे नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा पदाधिकारी,

जिल्ला अध्यक्ष तथा आन्दोलन परिचालन समितिका सदस्यहरूको बैठक बोलाइएको छ। बैठकमा आइतबारको घटनाक्रम र समग्र आन्दोलनको भावी रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved