संसदमा लिङ्देनमाथि प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न घिमिरेको चुनौती

  • वैशाख १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको आरोप प्रमाणित गर्न वा माफी माग्न चुनौती दिएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै घिमिरेले लिङ्देनले कांग्रेसलाई बदनाम गर्ने मनसायले अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरे।

‘वैशाख १२ गतेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षले चैत १५ गतेको घटनामा भाटभटेनीमा लुटपाट भएको र सो घटनामा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको प्रमाण आफूसँग रहेको भन्दै अभिव्यक्ति दिनुभयो,’ घिमिरेले भने, ‘सहमहामन्त्री भन्ने पद नेपाली कांग्रेसमै प्रचलित भएकाले सो आरोप कांग्रेसमाथि लक्षित भएको स्पष्ट हुन्छ। अब कुन सहमहामन्त्रीका छोराले रक्सी बोकेको भन्ने प्रमाणित गर्नुपर्छ। प्रमाणित गर्न नसके शब्द फिर्ता लिई माफी माग्नुपर्छ।’

राप्रपा अध्यक्ष लिङ्देनले चैत १५ गतेको भाटभटेनी घटनालाई जोडेर वैशाख १२ गतेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सहमहामन्त्रीका छोरालाई लुटपाटमा संलग्न रहेको र प्रहरीबाट पक्राउ परेपछि छोडिएको दाबी गरेका थिए।

त्यसको जवाफमा कांग्रेस प्रमुख सचेतक घिमिरेले आइतबार संसद्मै स्पष्ट शब्दमा प्रमाण वा माफी माग्न आग्रह गरेका हुन्।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved