धरान ।नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ स्कटल्याण्डको राजधानी एडम्बरामा १९ जुलाई २०२५ मा आयोजना हुने भएको छ ।
१० फेब्रुअरी २०१५ मा एक औपचारिक कार्यक्रम गरि ल्भउब िक्अयतबिलम ब्ककयअष्बतष्यल (ल्क्ब्) का अध्यक्ष तथा महोत्सव संयोजक बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव÷ नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रुपमा कार्यक्रमको ब्यानर प्रदर्शन गरि औपचारिक रुपमा महोत्सवको घोषणा गर्नु भएको थियो ।स्कटल्याण्ड तर्फको आयोजक Nepal Scotland Association [NSA }रहने छ भने नेपाल तर्फको आयोजना चलचित्रकर्मी महासंघ, कोशी प्रदेश र नेपाल चलचित्र निर्देशक समाज रहेका छन ।
कार्यक्रमको सहयोगी संस्थाक रुपमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत, फिल्म कल्चर सोसाइटी अफ नेपाल , आदिवासी जनजाति चलचित्र महासंघ, केन्दृय समिती तथा प्रदेश १ समितिले गर्ने छन ।महोत्सवमा आदिवासी जनजाति बिषयमा बनेका छोटो चलचित्र, वृत्तचित्र र भाषाभाषीका आ आफ्नो समुदायलाई प्रतिनिधित्व गर्ने चलचित्र सहभागी हुनेछन ।
यश महोत्सवमा आदिवासी कथामा बनेका मुलधारका कथानक चलचित्र लाई पनि अवार्ड तथा सम्मान प्रदान गरिने भएको कुरा महोत्सवका निर्देशक अरुण प्रधानले जानकारी गराए । हाम्रो खाना, हाम्रो पहिरन, हाम्रो संस्कृति, हाम्रो चलचित्र हेर्दै हाम्रो कलाकार लाई अवार्ड र सम्मान प्रदान गर्दै मनाईने महोत्सवमा जातिय खाना उत्स्व, जातिय पहिरन प्रदर्शन, चलचित्र प्रदर्सन, अन्तरक्रिया कार्यक्रम, सम्मन कार्यक्रम, सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण कार्यक्रम गरिने र उक्त कार्यक्रममा उपस्थित हुने सम्पुर्ण दर्शक देखि अतिथिहरुले नेपाली पहिचान झल्कने मौलिक आफ्नो पहिरन लाएर मात्र कार्यक्रममा सहभागी हुनुपर्ने महोत्सवका निर्देशक अरुण कुमार प्रधानले जानकारी गराए ।
पहिलो पटक एडम्बरामा हुन लागेको यश महोत्सवका लागि हामी उत्साहित छौ महोत्सवले पक्कै पनि आदिवासी जनजाति चलचित्र क्षेत्रमा थप योगदान पुर्याउनेछ भन्ने कुरामा विश्वस्त रहेको कुरा नेपाल स्कटल्याण्ड एसोसिएसन का अध्यक्ष तथा महोत्सव संयोजक बिजय डंगोल ले बताए ।आगामी जुन, जुलाई, अगस्त २०२५ मा आयोजना हुने महोत्सव स्कटल्याण्डमा हुने बिश्वको चर्चित महोत्सव “एडम्बरा महोत्सव “ कै अवसरमा पारेर आयोजना हुन लागेको कार्यक्रम नेपालिहरुको लागि एडम्बरामा पहिलो पटक आयोजना हुन लागेको हो भन्ने जानकारी बिजय डंगोलले गराए ।
चलचित्र सहभागिताको लागि आवेदनको आव्हान खुला भईसकेको जानकारी महोत्सव निर्देशक अरुण प्रधानले बताए ।