झापा/ राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माण गरिएको ‘भ्यू टावर’ को पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । हस्तान्तरणको प्रक्रियामा रहेको यो भ्यू टावर यहि जेठ १० गते ११ बजे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले झापाका सचिब तुलसी कार्कीले जानकारी दिए । दमक नगरपालिका–३ स्थित दापगाछीमा झण्डै डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण सम्पन्न भ्यू टावर १८ तललाको रहेको छ भने यो १०० मिटर अग्लो छ । भ्यू टावरको हस्तान्तरणको प्रकृया थालिएको सघन शहरी तथा भवन निर्माण आ
धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर्मा १८ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । धरान ६ पानबारीकी धनमाया धन कमाउन भनी विदेश हिडेकी थिइन् । जहान परिवार ठुलो,आर्थिक अभाव,छोरी छोरीका लालन पालन र शिक्षा दिक्षा धान्न धेरै गाह्रो पर्दै गयो । परिवारको लालन पालनको लागि मजदुरी गरेर भएपनि विहान वेलुकीको छाक टार्दै गर्दा धन कमाउन परिवारलाई खुशी दिन्छु भन्ने मनसायले विदेश लाग्ने सोच वनाइन् । तिनै परिवारको खुशी हेर्न विदेश जान्छु भनी हिडेकी धनमाया यतिका वर्ष सम्म पनि नफर्किएपछि परिवारमा पीडा माथि पीडा थपिएको छ । उनले छाडेर गएका छोरी छोरी पनि अहिले ठुला भइसके । सानैमा छोरा छोरीलाई
धरान/ कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को सेमि फाईनलबाट गायन र नृत्यमा १०/१० जना उत्कृष्ट प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालित एफ.टि.एल.अनलाईन टिभिको आयोजनामा धरान-१६ स्थित यु.एन. सेमिनार हलमा सनिबार सम्पन्न सेमि फाईनलबाट गायनमा १० र नृत्यमा १० गरि२० जना सहभागीहरु फाईनलमा प्रबेस गरेका हुन। गायन तर्फको निर्णायकहरुमा भोइस अफ नेपाल सिजन-२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू, सङ्गित प्रशिक्षकरगायक बिनायक राई र गायिका जमुना राई थिए। त्यस्तै नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियो
धरान /धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेट घटाउनको लागि प्रस्ताव गरिएको छ । वास्तविक धरानको धरातलमा रहेर आर्थिक वर्ष २०८१/०८२ को बजेट घटाउनको लागि राजश्व परामर्श समितिले मेयर हर्क साम्पाङलाई सोमबार प्रतिवेदन बुझाएको हो । प्रतिबेदन समितीका संयोजक समेत रहेका उप मेयर आइन्द्र विक्रम वेघा सहितको टोली वुझाएको छ । प्रस्तावित आम्दानी १ अर्ब ६७ करोड ८४ लाख ९६ हजार मात्र बनाउन प्रस्ताव गरेको छ भने चालु आर्थिक बर्षको बजेट भन्दा २.५९ प्रतिशत कमी वजेट प्रस्ताव गरिएको उप मेयर वेघाले बताए । समितीले धरानको यथार्थमा आधारित बजेट बनाउन पनि प्रतिवेदनमा सुझाएका छन,उनले भने वजेट मात्र वढाएर
धरान/ नरसिंह भगवान मन्दिरको जग्गा धरान ६ स्थित पानबारीको जग्गा व्यतिmले दावी गरेपछि विवादमा परेर रोकिएको छ । मन्दिरको जग्गा पानबारीमा ७ कट्ठा ११ धुर जग्गा रहेको छ ।मन्दिरको नाममा धरानका आचार्य परिवारले उक्त जग्गा दान गरेका थिए । तर पछिल्लो समय आएर उक्त मन्दिरको नाममा रहेका धरान ४ का लाल बहादुर मगरले आफ्नो नाममा वनाउनको लागि मालपोत कार्यालय धरानमा दावी गरेपछि नरसिंह भगवान मन्दिर संरक्षण समितीले उक्त जग्गा मन्दिरकै भएकाले मन्दिरकै नाममा हुनु पर्ने माग गर्दै आएको छ । यता उक्त जग्गाको विषयमा छानवीन गर्नको लागि छानवीन समिती पनि वनिसकेको छ । इलाका प्रशासन कार्यालय धरानका प्रमुखको संयोजकत्वमा तीन
मोरङ/ दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन् । स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुशीयाली छाएको छ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमवार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ । कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता भएका थिए । ‘श्रीमान् भेटिनु हुन्छ भन्ने कल्पना नै गरेकी थिइन्, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो’, शमशेरबहादुरकी श्रीमती सीताले भनिन् । शमशेरबहादुर र सीताको विसं २०५० मा
वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई २०७८ सालमा नै “देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा” गराउन सफल चतरा अस्पतालले अस्पतालबाट हुने सेवालाई बढाउदै गएको छ । चतरा अस्पतालले हाल सार्वजनिक बिदा र शनिवार समेत “ बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म चिकित्सकद्वारा नि शुल्क ओपिडी सेवा” र “ २४ घण्टानै चिकित्सक द्वारा आकस्मिक सेवा” लगायतका बहिरङ्ग सेवा दिँदै आइरहेको छ। चतरा अस्पतालले बिहिबारबाट दिर्घ(नसर्ने) रोग (सुगर, प्रेसर, मुटु रोग किड्नी रोग र दम) रोग सम्वन्धी क्लिनिक सेवाको समेत उपल्बध गराउने भएको छ । उक्त सेवाको अस्पतालका सं
बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर बग्ने चिसाङ खोलाको ठेक्का बिवादका कारण एक बर्ष सम्म लाग्न नसक्खा करोडौ घाटा भएको छ । नगरपालिकालाई करोडौं रुपैयाँ राजश्व आम्दानी हुने चिसाङ खोलामा केही ब्यत्तिहरुको स्वार्थ बाझिँदा ठेक्का लाग्न सकेन् । जनप्रतिनिधि बिचकै स्वार्थको द्वन्द्वले गर्दा ठेक्का लगाउने, खारेज गर्ने, अदालत जाने, पुन ठेक्का खोल्ने र फेरि अदालत जाने गोलचक्कर चल्दा खोला ठेक्काको विषय गिजोलिन पुगेको धेरैको बुझाई छ । २०८० असार १९ गते बेलबारी नगरपालिकाले ठेक्कासम्बन्धी सूचना प्रकाशित गरेको थियो । २०८० साउन २५ गते तीनवटा बोलपत्र दर्ता भएको थियो । त्यसपछि दुई करोड २२ ला
धरान/ धरानको खानेपानी समस्या लगायत विविधि विषयमा धरानमा पूर्व जनप्रतिनिधि, सांसदहरुले ध्यानाकर्षण बुझाएपछि रुष्ट बनेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले स्पष्टीकरणको नाममा पठाएको पत्र ‘लोकप्रियता कमाउने उद्देश्यमात्र रहेको र त्यो पत्रको कुनै औचित्य नभएको पूर्व जनप्रतिनिधिहरुले बताएका छन् । शुक्रबार पूर्व मेयर तिलक राई र पूर्व उपमेयर मञ्जु भण्डारी सुवेदीले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा मेयर साम्पाङले पठाएको पत्र लोकप्रियता कमाउने उद्देश्यले मात्र पठाएको तर त्यो पत्रको औचित्य नभएको बताएका हुन् । मेयर हर्क साम्पाङले एडिबिबाट लिएको ऋण तथ अनुदानमा सञ्चालिन खानेपानी प्रोज
इटहरी/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पाख्रेलले पार्टीको मिसन–८४ एमालेसँग देशको भविष्य बनाउने मार्गचित्र रहेको बताएका छन् । नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनको शनिबार उद्घाटनसत्र पछिको प्रमुख अतिथीको मन्तव्य राख्दै एमालेले मिसन ८४ बाट प्राप्त जनादेशद्धारा देशको भविष्य बनाउने मार्ग स्वयम जनताले नै अधिकार सुम्पिने बताए । उनले भने,‘नेकपा एमालेसँग ठोस कार्यक्रम देशको भविष्य वनाउने मार्ग चित्र स्पष्ट छ र देशव्यापी रुपमा भइरहेको जिल्ला अधिवेशन मिसन ८४ सँग गाँसिएर पार्टी एकता बलियो हुदै गएको छ । नेता पोख्रेलले देशको भविष्य वनाउने