धरानजस्तो सहरमा बाँसको पुल! जोखिम मोलेर यात्रा गर्न बाध्य देउरालीबासी

  • जेठ १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पूर्वी नेपालकै सुन्दर र विकसित सहर मानिने धरान उपमहानगरपालिकाको मुटुमा पर्ने देउराली क्षेत्रका बासिन्दा अझै पनि बाँसको कच्ची पुलमार्फत जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।

धरान उपमहानगरपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने देउराली, आँपटार र ठिंगाबारीका स्थानीयले वर्षायाम सुरु भएसँगै निशाने खोलामा आउने बाढीका कारण बाँसको अस्थायी पुल निर्माण गरेका हुन्। खोला पार नगरी धरान बजारसम्म पुग्न नसकिने अवस्था भएपछि उनीहरूले यो जोखिमपूर्ण विकल्प रोज्नुपरेको हो।

"धरानजस्तो ठाउँमा वर्षेनी हामी बाँसको पुल बनाउँदै हिँड्नुपर्छ भन्ने कुरो आफैंमा लाजमर्दो हो," एक स्थानीयले आक्रोश पोखे, "शहरमा सडक, भवन र लाइट छन्, तर हाम्रो गाउँमा हिँड्न पुल छैन!"

bashko-pul-dharan

प्रत्येक वर्ष वर्षा सुरु भएलगत्तै खोलामा बाढी आउँछ, जसका कारण विद्यार्थीदेखि वृद्धबृद्धासम्मका मानिस जोखिम मोलेर सानो, चिप्लो र अस्थायी बाँसको पुलबाट ओहोरदोहोर गर्न बाध्य छन्। विद्यार्थीहरू विशेष गरी वर्षायाममा विद्यालय जानबाट बञ्चित हुन थालेका छन्।

स्थानीय सरकारको ‘स्मार्ट सिटी’ भनिने योजनाहरूको सन्दर्भमा यस्तो अवस्थाले धरानको विकासको बास्तविकता औंल्याउने काम गरेको छ।

देउरालीका बासिन्दाले स्थायी पुलको माग गर्दै बारम्बार ध्यानाकर्षण गराएका भए पनि अझसम्म कुनै दीर्घकालीन योजना बन्न सकेको छैन।

"हामीलाई सडक हैन, अहिले पुल चाहिएको छ," अर्का एक स्थानीयले भने।

धरान उपमहानगरपालिका र सम्बन्धित सरकारी निकायको ध्यान पुगोस् भनेर स्थानीयहरूले बनाएको यो बाँसको पुल केवल आवतजावतको साधन मात्र नभएर विकासको नालिबेली झल्काउने ऐना पनि बनेको छ।

— कोशीपत्रले गरेकाे स्थलगत भिडियो रिपोर्ट हेर्नुस:

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved