सुनसरीमा लागू औषधसहित एक युवक पक्राउ

  • जेठ १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ राजापुरीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा लागू औषधसहित एक युवक पक्राउ परेका छन्।

मध्यान्ह १५:५१ बजेको समयमा शंकास्पद रुपमा एक पुरुष व्यक्तिले बोरा बोकी हिँडिरहेको देखेपछि इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनलाई रोकी जाँच गर्दा ठूलो परिमाणमा लागू औषध फेला परेको हो।

पक्राउ पर्ने व्यक्ति रामधुनी नगरपालिका–४ का २१ वर्षीय आशिष विक रहेको प्रहरीले जानकारी दिएको छ।

शंका लागेपछि प्रहरीले बोरा फालेर भाग्ने प्रयास गरेका विकलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएपछि गरिएको चेकजाँचमा तल उल्लेखित लागू औषध फेला परेको छ:

• SPASMO-PROXYVON PLUS — ६,६०० क्याप्सुल

• Tramol-50 — ९० क्याप्सुल

• Nitrazepam ट्याब्लेट (IP 10 mg) — १६० ट्याब्लेट

जम्मा लागू औषध — ६,८५० क्याप्सुल/ट्याब्लेट

हाल निजलाई आवश्यक कानुनी प्रक्रिया पश्चात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved