सुनवर्षीबाट ३ सय किलो गाँजा बरामद, संलग्न फरार

  • जेठ १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फइल तस्बिर

मोरङ।मोरङको सुनवर्षी नगरपालिका–७ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बुधवार बिहान करिब ३:१५ बजे उक्त गाँजा बरामद गरेको हो।

मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, ७ वटा बोरामा प्याक गरिएको अवस्थामा जम्मा ३ सय किलो गाँजा फेला परेको छ।

बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

गाँजाको ओसारपसार र कारोबारमा संलग्न व्यक्ति भने घटनास्थलबाट फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको डीएसपी जोशीले जानकारी दिए।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved