सुनसरीमा प्रहरीको सफल अपरेसन, गाँजाको ठुलो परिमाण बरामद

  • जेठ १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

दुहबी/ सुनसरी जिल्लाको दुहबी नगरपालिका–११ स्थित तनमुना क्षेत्रबाट प्रहरीले लागू औषध गाँजाको ठूलो खेप बरामद गरेको छ।

विशेष सूचनाको आधारमा गरिएको प्रहरी कारबाहीमा ४३८ किलो गाँजा सहित भारतिय नम्बर प्लेटको स्कार्पियो गाडी नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगञ्ज वेलगछिया (शुक्रबारे) बाट संयुक्त रुपमा खटिएको टोलीले मिति २०८२।०२।१५ गते बिहान ३:०० बजे तिर तनमुना नहरचोक–शुक्रबारे भित्री सडकखण्डमा चेकजाँचको क्रममा भारततर्फबाट आउँदै गरेको WB 06 H 2858 नम्बरको भारतीय स्कार्पियोलाई रोकेको थियो।

तर प्रहरी टोलीलाई देख्नेबित्तिकै चालक स्कार्पियो छाडेर फरार भएका थिए। त्यसपछि स्कार्पियो गाडीलाई कानुनी प्रक्रिया अनुसार खानतलासी गर्दा प्लास्टिकका पोकामा प्याक गरिएको १४ पोका गाँजा फेला परेको हो। ती पोकाको तौल जम्मा ४३८ केजी रहेको प्रहरीले जनाएको छ।

हाल बरामद गाँजा र स्कार्पियो गाडी इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ भने फरार चालकको पहिचान र पक्राउको लागि अनुसन्धान भइरहेको छ।

प्रहरी स्रोतका अनुसार, यो बरामदलाई पछिल्लो समयको ठुलो सफलताका रूपमा लिइएको छ र लागू औषध तस्करीमा संलग्न समूहहरू विरुद्ध निगरानी थप कडाइ गरिने जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved