दुबई/ संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी एक नेपाली महिलाको ज्यान गएको छ । दुबईको अलुकजमा रहेको सर्भ यु कम्पनीको मजदुर शिविरबाट बिहान कार्यस्थल जान सडक पार गर्ने क्रममा सडकमा हुइकिएको भ्यानले ठक्कर दिँदा सोही कम्पनीमा कार्यरत मोरङकी अनिता पाख्रिनको ज्यान गएको हो। पथरीकी २८ वर्षीय अनिता ३ वर्ष पहिले युएई आएकी हुन् । साउन १ गते बिहान ५ बजे काममा जान कम्पनीको मजदुर क्याम्पबाट निस्किएर सडक पार गर्ने क्रममा भ्यानको ठक्करले घटनास्थलमै ज्यान गएको कम्पनीले जनाएको छ । पारिवारिक समस्याका कारण ३ सन्तानको पेट पाल्नैका लागि दुबई पुगेकी अनिताको सपना तुहिएको छ । तकको शव अह
काठमाडौं/ रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, पाँच जना घाइते भएर उतै उपचाररत रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले उक्त जानकारी दिएकी हुन् । मृत्यु भएकाहरूको शव नेपाल झिकाउन २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ । रुसी सेनाको पक्षबाट लडिरहेका ६ जना नेपाली युक्रेनी सेनाले बन्धक बनाएर राखेको पनि उनले बताइन् । रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म १५० नेपाली स्वदेश फर्किसकेका छन् । हालसम्म ३२३ जनाको उद्धारको लागि परराष्ट्र मन्त्रालयमा
धरान/ कुनै बेला विवाह ब्रतबन्ध जस्ता सास्कृतिक पर्वमा नौमति बाजा अर्थात पञ्चे बाजा अनिवार्य थियो । दमै बाजाको रुपमा चिनिएको यो बाजा नबजाई विवाह र ब्रतबन्ध भएजस्तो गाउँ समाजमा हुदैनथ्यो । विशेष गरी पहाडी जिल्लामा विवाह गर्दा रातिको लगनमा गर्ने चलन थियो । बाजागाजासहित गएका जन्तिहरु त्यही पञ्चेबाजामा नाचगान गरेर रात कटाउँथे र विहान बेहुली अन्माएपछि बाजागाजासहित र फर्किन्थे । अहिले त्यो परम्परा हराउँदै गएको छ भने रातिको लगनमा विवाह नै हुन छाडेको छ भने विवाहमा बेण्डबाजा तथा हिन्दी गीत बजाउने र त्यसमा नाच्ने प्रचलन बढ्दै गएको छ । परम्परागत सँस्कृतिलाई मर्न दिनु हुदैन भन्ने सोच राखेर तेह्रथुम
विराटनगर/ सप्तकोशी उच्च बाँधको नाम फेर्ने तयारी गरिएको छ । उच्च बाँधको उचाई घटाउने सहमति समेत नेपाल र भारतका सरकारले गरेका छन् । उच्चबाँधको नाममा डीपीआर बनाउँदा स्थानीयको विरोधका कारण काम अगाडि बढाउन नसकेपछि दुवै सरकारले आयोजनाको नाम नै फेर्ने कसरत गरेका हुन् । ‘उच्चबाँध’ भन्नेबित्तिकै स्थानीयको मनमा त्रास पैदा हुने र राजनीतिक चलखेल बढ्ने भन्दै परियोजनाको नाम नै फेर्ने सहमति भएको बुझिएको छ । नेपाल–भारत ज्वाइन्ट टीम एक्सपर्ट (जेटीई) ले सप्तकोशी उच्च बाँधको नाम फेर्न सहमति जनाए पनि दुई देशले औपचारिक निर्णय गरिसकेका छैनन् । यो आयोजनाको डीपीआर निर्माणको लागत भारत सरकारले
धरान/ नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरानअभियानलिएर घरदैलो शुरु गरेको छ । कांग्रेसले ४२औं वी.पी. स्मृतिदिवसको अवसर पारेर सञ्चालन गरेको अभियान मार्फत घरदैलो गरेकोहो । धरान १९ वाट शुरु भएको अभियानसंगै गरिएको घरदैलोमाकागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु वितरण गरिएको छ । अभियानको क्रममा सडक सरसफाई र डेङ्गु लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु विरामीहरुलाई सिटामोल र जीवनजल समेत वितरण गरिएको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै अभियान अत्यन्तै उत्कृष्ट र जनमुखि भएको
धरान/ नेपाल राष्ट्रिय मारवाडी महिला संगठनको २१ औ स्थापना दिवसको शुभ–अवसरमा मारवाडी महिला मंच धरानले बृक्षारोपण कार्यक्रम गरेको छ। उक्त बृक्षारोपण कार्यक्रम धरान १५ स्थित रहेको ज्ञानचक्षु विद्यालय परिसरमा गरिएको हो । मंगलबार बेलुका ४ वजेबाट मारवाडी महिला मंचकि अध्यक्ष रेखा अग्रवाल सचिब पूजा अग्रवाल रतेरिया लगायतका पदाधिकारीहरुको उपस्तिथिमा २१ वटा बिरुवा रोपिएको थियो । जहाँ,निम,बेल,अम्ला,तेजपात र धुपी,सुपारी, वदाम, अम्बक लगायत जातका बिरुवा रोपेको मारवाडी महिला मंचकि सचिब पुजा अग्रवालले जानकारी दिईन । सामाजिक कार्यमा निकै नै सक्रिय रहेको मंचले यसअघि गएको मिति २०८० चैत २४ गते &ndash
धरान/ इलाका प्रहरी कार्यालय धरानको गेट अगाडि अराजकढंगबाट प्रस्तुत भएको भन्दै मेयर हर्कराज राईका समर्थक समिर तामाङलाई प्रहरीले धरानको भानुचौकबाट पक्राउ गरेको छ । सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारकै क्रममा गत हप्ता बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आक्रमण भएपछि आक्रमणमा संलग्नलाई प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरेका व्यक्तिहरु निर्दोष भएको भन्दै रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय धरानको गेट तोडफोडको प्रयास गर्नेलाई प्रहरीले पक्राउ लिष्टमा राखेको थियो । पक्राउ परेका तामाङ मेयर राईको श्रमद्धान अभियानका खास व्यक्तिको रुपमा धरानमा चिनिदै आएका थिए । सोही अ
विराटनगर/ कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई टेलिफोन मार्फत कुटपिट गर्ने धम्की दिएको खुलासा भएको छ जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गर्दै भट्टराईले उजुरी दिएपछि उक्त कुरा खुलासा भएको हो । धम्की दिएको बारे मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफ्नो कार्यालयमा निवेदन परेको पुष्टि गरेका छन् । ‘उहाँले आफूलाई फोनमार्फत चुट्छु भनेर भन्नु भएको भनेर निवेदन दिनुभएको छ,’ प्रजिअ भट्टराईले भने, ‘जो सुकैले कसैलाई पनि कु्ट्छु, चुट्छु भन्न पाउँदै । मैले यो निवेदनब
चितवन/ चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूली नदीमा खसेका दुई वटा बस तथा यात्रुको सोमबार ११औं दिन पनि खोजी कार्य तीव्र पारिएको छ । गृहको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छिमेकी राष्ट्र भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेष्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोली नेपाल आएर संयुक्त रूपमा उद्धार जारी राखेको जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोल
झापा/ पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य वस्तु आयात भएको छ । सोही अवधिमा काँकडभिट्टा नाका भएर रु १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उनले जानकारी दिए । गत आवको आयातको तुलनामा आव २०८०/८१ मा रु चार अर्ब ६१ करोड २६ लाख ९० हजार मूल्य बराबरको कृषिजन्य वस्तु बढी नि