चिन्डेडाँडा र रमितेडाँडामा गर्मीयामसँगै आन्तरिक पर्यटकको संख्या बढ्दो

  • असार २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा) पछिल्लो समय पूर्वी नेपालकै लोकप्रिय हाइकिङ गन्तव्य र पर्यटकीय स्थलका रूपमा चर्चित बन्दै गएको छ ।

गर्मीयाम सुरु भएसँगै यो क्षेत्रमा आन्तरिक पर्यटकको उल्लेखनीय चहलपहल देखिन थालेको छ ।

धरान, इटहरी, झापा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट दैनिक सयौँ पर्यटक प्राकृतिक दृश्यावलोकन र घुमघामको लागि चिन्डेडाँडा पुग्ने गरेका छन् ।

धरान बजार, चारकोसे झाडी, तराईका समथर भू–भागदेखि आसपासका डाँडाकाँडाको रमणीय दृश्य हेर्न मिल्ने यो स्थानमा साथीभाइ वा परिवारसहित घुम्न आउनेको भीड लाग्ने गरेको छ ।

धरान–१६ का सुदीप श्रेष्ठ बेलायतबाट बिदामा घर फर्किएपछि चिन्डेडाँडा पुगे ।पहिला उजाड देखिने ठाउँ अहिले निकै आकर्षक र पर्यटकमैत्री बनेको देख्दा गर्व लाग्यो, उनले भने, “गर्मीमा दृश्य हेर्दै घुम्न रमाइलो हुन्छ ।”

इटहरीकी सुशीला राईका लागि भने यो पहिलो अनुभव थियो । “यहाँको वातावरण वर्णन गर्नै गाह्रो छ, गर्मीमा झन् रमाइलो,” उनले भनिन् ।

धरानबाट मोटरसाइकल वा गाडीमा १५–२० मिनेट र पैदल यात्रामा करिब १ घण्टा लाग्ने चिन्डेडाँडा हरेक उमेर समूहका लागि उपयुक्त गन्तव्य बन्दैछ ।

केही वर्षअघिसम्म प्याराग्लाइडिङका लागि चर्चित यस क्षेत्र अहिले होटल तथा खाजा घरहरूको विस्तारसँगै पूर्ण मनोरञ्जनस्थलको रूपमा विकास हुँदै गएको छ ।

स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङका अनुसार गर्मीयाममा दैनिक करिब ३०० पर्यटक चिन्डेडाँडा पुग्ने गरेका छन् । “यहाँको लोकल कुखुराको मासु, तोङ्वा, सुकुटी, भट्टु–भातजस्ता परिकार पर्यटकको रोजाइमा छन्,” उनले भनिन् ।

अर्का व्यवसायी वसन्ती तामाङका अनुसार धेरैजसो पर्यटक छोटो घुमफिरका लागि आउने भए पनि केही बास बस्ने चलन पनि बढ्दो छ ।

हाल कच्ची सडक भएको र वर्षायाममा यात्रा केही कठिन हुने व्यवसायीको भनाइ छ । यद्यपि, सर्दु खोलामा बनेको पुलले यात्रा केही सहज बनाएको उनीहरू बताउँछन् ।

स्थानीय अनुसार, पहिला उत्तरतर्फ नाङ्गो देखिने भएकाले ुचिन्डेडाँडाु नाम रहन गएको हो भने यहाँ अडिएर रमिता हेर्नेहरूको कारणले रमितेडाँडाु पनि भन्ने गरिएको छ ।

तामाङ, गुरुङ, राई, क्षेत्री, ब्राह्मण लगायत समुदायको बसोबास रहेको यस क्षेत्रमा घरबास ९होमस्टे० पनि सञ्चालनमा छन् । भ्यू टावरको निर्माणसँगै पर्यटकको आकर्षण अझै बढेको छ ।

धरानका नगरप्रमुख हर्कराज साम्पाङको नेतृत्वमा किरात राई समुदायका देउता सुम्निमा–पारुहाङको प्रतिमा निर्माणको तयारी भइरहेको छ । स्थानीयको विश्वास छ—प्रतिमा स्थापना भएपछि चिन्डेडाँडाको पर्यटन विकासमा नयाँ उचाइ थपिनेछ ।

-रासस

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved