समाचार

    Showing 1-10 of 10,268 items.
  • नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै महिलासँग करिब १० लाख असुलेको आरोप, २३ वर्षीय युवक पक्राउ

    काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ बताउँदै नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको दाबी गरेर रकम असुल गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–सल्यानथान बस्दै आएका २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्। प्रहरीका अनुसार बुढाले महिलालाई नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै रकम माग गरेका थिए। रकम नदिए ती तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै उनले पटक–पटक गरी ९ लाख ९५ हजार रुपैयाँ लिएको भन्ने सूचना प्र

    • प्रकाशित मितिः भदौ २०, २०८३
    • 233 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इस्कोनद्वारा आयोजित वाक्कला प्रतियोगितामा नवोदय कलेजकी रिदिमा प्रथम, नगद पुरस्कारसहित सम्मानित

    धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छात्रा रिदिमा भुजेलले यस वर्षको अन्तर-विद्यालय वाक्कला प्रतियोगिताको उपाधि चुमेकी छन्। इस्कोन मन्दिरद्वारा आयोजित उक्त प्रतियोगितामा दर्जनौँ विद्यालयका प्रतिस्पर्धी विद्यार्थीहरूलाई पछि पार्दै कलेजको विज्ञान संकाय (कक्षा ११, सेक्सन 'ए') मा अध्ययनरत मेधावी छात्रा भुजेल प्रथम बनेकी हुन्। ​उत्कृष्ट वक्तृत्वकला प्रस्तुत गर्दै विजेता बनेकी रिदिमाले आकर्षक मायाको चिनो, विजेता प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरेकी छन्। रिदिमाको यस सफलतासँगै नवोदय कलेजले हरेक वर्ष अतिरिक्त क्रियाकलापमा कायम राख्दै आएको विजयी विरासतलाई यो वर्ष पनि निरन्तरता दिन स

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • 121 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हुलाकको पार्सलमा थाई गाँजाको तस्करी, धरानबाट ४ जना पक्राउ

    धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरानबाट चार जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले १ किलो ९१० ग्राम थाई गाँजा बरामद गर्दै दुई महिला र दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय डिल्लीबजारबाट खटिएको प्रहरी टोलीले भदौ ९ गते थाइल्यान्डबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै इटहरी पठाउन लागिएको पार्सल शंकास्पद लागेपछि जाँच गरेको थियो। जाँचका क्रममा पार्सलबाट ९१० ग्राम थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पार्सल रिसिभ गर्ने व्यक्तिसम्म पुग्न प्रहरीले नियन्त्रणमा राखेर पठाउने रणनी

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • 1,031 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री कोषमा वानप्लस यातायातको सहयोग

    काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले वानप्लस यातायात प्रा.लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ हजार १ रुपैया आर्थिक सहयोग गरेको छ । काठमाण्डौंबाट पूर्व तथा विभिन्न भागमा रात्री तथा दिवा सेवा सञ्चालन गर्दै आएका प्रा.लिका अध्यक्ष घनेन्द्र विष्टका अनुसार बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति वानप्लस यातायात परिवारले दुःख व्यक्त गर्दै विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारमा प्रा.लिको तर्फबाट साना भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताए ।  विपत्तिका कारण

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • 81 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान भित्रिँदै गरेको बसमा प्रहरीको कुकुरले भेटायो लागूऔषध, १९० नाइट्राजेपामसहित दुई युवा पक्राउ

    धरान/  धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा प्रहरीले तालिमप्राप्त कुकुरसहित चेकजाँच गर्दा १९० पिस नाइट्राजेपाम ट्याब्लेट बरामद गरेको छ। प्रहरीले लागूऔषधसहित दुई युवालाई नियन्त्रणमा लिएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा बिहीबार साँझ संयुक्त प्रहरी टोलीले बस चेकजाँच गरेको थियो। प्रहरी चौकी तरहरा, ट्राफिक प्रहरी पोष्ट तरहरा र कोशी प्रदेश प्रहरी कार्यालय धरानको केनाइन शाखाबाट खटिएको टोलीले इटहरीबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गरेको हो। चेकजाँचका क्रममा हरिनगरा गाउँपालिका–२ का १८ वर्षीय एइसन मन्सुरी र दुहबी नगरप

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • 374 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खाजा खर्च कटाउँदै बाढीपीडितका लागि होली गार्डेनका विद्यार्थीले जुटाए २ लाख बढी

    धरान/ आफ्नो खाजा खर्चबाट रकम छुट्याउँदै धरान–१ स्थित होली गार्डेन एकेडेमीका विद्यार्थीहरूले भोटेकोसी बाढीपीडितका लागि २ लाख १ हजार ४८५ रुपैयाँ सहयोग जुटाएका छन्। भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि विद्यार्थीहरूले विद्यालयबाटै स्वेच्छिक सहयोग संकलन अभियान सुरु गरेका थिए। सानै उमेरमा विपद्मा परेका नागरिकका लागि सहयोग जुटाउने अभियानमा सक्रिय विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर रकम जम्मा गरेका हुन्। होली गार्डेन बाल बगैंचा क्लब र होली गार्डेन स्काउट ट्रुपमा आबद्ध विद्यार्थीहरूले विद्यालयमा ‘डोनेसन बक्स’ राखेर सहयोग संकलन थालेका थिए। कक्षा १

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • 52 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा घरमै लुकाएर राखेको ब्राउन सुगरसहित ३१ वर्षीय भुजेल पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउराली फोकल्याण्ड टापुबाट प्रहरीले ब्राउन सुगर  लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान–५ देउराली फोकल्याण्ड टापु बस्ने ३१ वर्षीय मनिराज भुजेल रहेका छन्। प्रहरीका अनुसार भदौ १८ गते दिउँसो करिब २ः३० बजे उक्त क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको लागूऔषध नियन्त्रण टोली, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले भुजेलको घर तथा कोठामा खानतलासी गर्दा उनले लुकाइछिपाई राखेको ब्राउन सुगर&nb

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • 332 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बेपत्ता श्रमिकको शीघ खोजी गर्न, राहत र पुनःस्थापना सुनिश्चित गर्न यातायात मजदुर संगठनको सरकारसँग माग

    काठमाडौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बाढीमा परेर बेपत्ता यातायात श्रमिकको तत्काल खोजी गरि यथार्थ विवरण सार्वजनिक गर्न, मृतक तथा प्रभावित परिवारलाई राहत र विस्थापित श्रमिक परिवारको पुनःस्थापना र रोजगारी सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । संगठनको सचिवालय बैठकले विपद्बाट प्रभावित श्रमिकको जीवनरक्षा, खोजी, राहत र पुनःस्थापनालाई तत्काल प्राथमिकतामा राख्दै संगठनका सबै तहका कमिटी परिचालन गर्ने निर्णय गरेको हो । संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रारम्भिक रूपमा ५६३ जना यातायात श्रमिक प्रभावित, ५०१ जना सम्पर्कविहीन र ५४४ वटा मा

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 353 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतको प्याजमा निर्भर नेपाल, भन्सारको भारले धरानका व्यापारी मारमा: नेपाली उत्पादन निर्यातमा पनि अनेक झन्झट

    धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उत्पादन पर्याप्त नहुनुले धरानको कृषि उपज बजारमा यसको प्रत्यक्ष असर देखिएको छ। भारतबाट महँगोमा प्याज ल्याउनुपर्ने, आयातमा भन्सार तथा ढुवानीको भार थपिनु र बजारमा बिक्री घट्नुका कारण प्याज व्यवसायी दोहोरो मारमा परेका छन्। धरानस्थित कृषि उपज बजारका प्याज व्यापारी मनोजकुमार चौधरीका अनुसार अहिले भारतको इन्दौरबाट प्याज आयात भइरहेको छ। तर, मूल्य महँगो भएकाले विगतको तुलनामा आयातको परिमाण निकै घटेको छ। “पहिले ५–७ गाडी दिनमै आउँथ्यो, अहिले १ गाडीमात्र आउँछ,” चौधरीले भने, “महँगो भएका कारण पहिले जस्तो धेरै प्याज ल्याउन सकिएको

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 143 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढीपीडितको पीडामा पश्चिम नेपाल बस व्यवसायीको साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ

    काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । प्रालिका अध्यक्ष दधीराम खरेलले बिहीबार उक्त रकम बराबरको चेक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र महासचिव डेकनाथ गौतममार्फत हस्तान्तरण गरेको हो ।  विनाशकारी बाढीका कारण भिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रालिले सहयोग गरेको हो । विपद्को पीडामा परेका नागरिकलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सरकारको अभियानमा प्रालिले उक्त रकम हस्तान्तरण गरेको प्रालिका अध्यक्ष खर

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 101 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved