पहिलो गाविस अध्यक्ष लगायत जेष्ठ नागरिकलाई सम्मान

  • मंसिर १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । साविक विष्णुपादुका गाविसका अध्यक्ष बलशेर राई सहित विष्णु पादुकाका ९ वटै वडाका जनप्रतिनिधिहरुलाई नेकपा ९एमाले० २० नम्बर वडा कमिटीले सम्मान गरेकोछ ।
२०४९ सालमा भएको पहिलो स्थानीय तह निर्वाचनमा विष्णुपादुका गाविसमा अध्यक्ष, उपाध्यक्ष र ९ वटा वडाहरु मध्ये ८ वटा वडामा नेकपा ९एमाले० ले जितेको थियो ।

त्यतिखेर निर्वाचित गाविस अध्यक्ष बलशेर राई, उपाध्यक्ष बुद्धिमान तामाङ, वडा नम्बर ७ का अध्यक्ष सुकबहादुर तामाङ, वडा नम्बर ९ का अध्यक्ष हुकुमसिंह राई, वडा नम्बर ६ का अध्यक्ष जीतबहादुर राई लगायत ४० जनालाई नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मञ्जु भण्डारीले सम्मान गर्नु भएको थियो ।

12 कार्यक्रममा महिला सदस्यहरु दिलकुमारी तामाङ, फूलमाया तामाङ, छुमाया तामाङ यशोदा घिमिरे बिकलाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा विष्णुपादुका गाविस हुँदै धरान उपमहानगरपालिकाको वडा नम्बर २० भएपछि २०७४ सालसम्म निरन्तर वडा अध्यक्ष निर्वाचित मणीराम राई र २०७९ को चुनावमा महिला सदस्यमा निर्वाचित पञ्चमी राईलाई समेत सम्मान गरिएको थियो ।

सो अवसरमा वडाका जेष्ठ नागरिकहरु कृष्णबहादुर तामाङ, पूर्णबहादुर तामाङ सहित १२ जनालाई समेत सम्मान गरिएको थियो । सम्मानितहरुलाई प्रमुख अतिथि भण्डारीले ढाका टोपी र महिलाहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

नेकपा (एमाले) कोशी प्रदेशको हालै सम्पन्न प्रदेश अधिवेशनबाट धरानबाट निर्वाचित प्रदेश सदस्यहरुलाई स्वागत सम्मान, देउसी कार्यक्रमको समिक्षिा सहितको सम्मान कार्यक्रममा कोशी प्रदेश कमिटीका सदस्यहरु विजय राई, जयकुमार राई, भीमज्वाला राई, रुफिना गुरुङ, लहरुमाया जिमी, शुशीला पहाडीलाई स्वागत सम्मान गरिएको थियो ।

13 वडा अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पदम राईले गर्नु भएको थियो । सचिव ओम सुच्चा राईले सञ्चालन गरेको कार्यक्रममा कोशी प्रदेश सांसद विजय राई, कोशी प्रदेशका संस्थापक सभामुख प्रदिप भण्डारी, मणीराम राई, सुनसरी जिल्ला सदस्य पदम इस्वो, धरान नगर अध्यक्ष हर्कजंग एभेङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved