धरानेको सामुहिक बन्दै छठ पर्व एकताको संन्देश दिदै मनाए पर्व

  • मंसिर ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

धरान/  यस बर्षको छठ पर्वले धरानमा मधेश र पहाडेबीचको दूरीलाई घटाउदै आपसी भाइचाराको सम्बन्ध विस्तार गरेको छ ।

धरानमा भएको छठ पर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् भने सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व विधिवत रुपमा सम्पन्न भएको छ ।
धरानमा मनाइएको छठ पर्वमा को तराईबासी को पहाडबासी केही छुटिदैनथ्यो ।

धरानको सेउती र सर्दु खोलाका किनारमा छठ पर्व मनाउन गएका सर्वसाधारण चाहे त्यो आदिवासी जनजाति होस् या आर्य जातिका हुन् चाहे मधेशी समुदायका जाति समुदाय हुन सबै एक आपसमा मिलेर छठ मनाएको दृश्य देख्दा नेपालमा कहिल्यै पनि सामाजिक सद्भाव नखल्बिएको बरु अरु मजबुत बन्दै गएको आभाष हुुन्थ्यो ।

नेपाली काँग्रेसकी नेतृ एवम महिला उद्यमी मनिता घिमिरेले केही बर्ष अगाडिदेखि छठ पर्वले तराई र पहाडबीचका समुदायबीच सद्भावको पुलको काम गरेको बताइन् । उनले यो बर्षको छैठ पर्वले हामी नेपाली सबै एउटै परिवारको हो, कुनै विभेद छैन भन्ने सन्देश प्रवाह गरेको बताइन् ।

मधेशी सेवा समाजका प्रतिनिधि पिण्टु प्रसाद साहले धरानमा सबैले छठ पर्व मनाउने प्रचलन बढ्दै गएकोको प्रति खुशी व्यक्त गरे ।

उनले विगतमा मधेशी समुदायलेमात्र मनाउदै आएको छैठ पर्व अहिले सबै जातिले मनाउन थालेकोमा यसले धार्मिक तथा जातीय सद्भावलाई बलियो बनाउने काम गरेको बताए ।

धरान बसेदेखि नै तराई र मधेशी समुदायबीच एक आपसमा मिलेर छट पर्व मनाउदै आएको अनुभव सुनाउदै ब्रतालु विनादेवी साहले २० बर्षदेखि लगातार छठ पर्व मनाएको बताउदै छैठ माताले मनकामना पूरा गरेको बताइन् ।

छैठ पर्व साझा पर्वमात्र हैन एक आपसमा सबैलाई नजिक बनाएको महसुस ब्रतालु आरती कटुवालले बताइन् ।

उनले छठ पर्वमात्र हैन पछिल्लो समय सबै पर्व साझा बन्दै गएको बताउदै नेपालीहरुलाई एक सुत्रमा बाध्न यस्ता पर्वले सहयोग गरेको बताइन् । त्यसो त धरानलाई आदिवासी जनजातिको सहर भन्ने गरिएको छ ।

यहाँ धेरै चासोक तङनाम, उद्यौली उभौली, साकेला पर्व, नेवारीहरुको विभिन्न साँस्कृतिक पर्व हुने गर्छ । पछिल्लो समय यहाँका जनजातिले समेत छठ पर्व धुमधाममा साथ मनाउने गरेका छन् ।

आदिवासी जनजाति भएर पनि छठ पर्वप्रति विश्वास प्रगाढ बन्दै गएको गंगा राई बताउँछिन् ।

हरेक नेपालीको जात अनुसार आ– आफ्नै परम्परा छ, तामाङ र गुरुङको ल्होसार, हिन्दु महिलाहरुको तीज, राईहरुको साकेला, लिम्बुहरुको चासोक तङ्नाम जस्ता जति पनि चाडपर्व छन्, सबैले साझा पर्वको रुपमा मनाउन थालेका छन्, यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।

पछिल्लो समय छठ पर्व पनि साझा पर्वको रुपमा मनाउन थालिएको छ । यस्ता साँस्कृतिक पर्व साझा रुपमा मनाउँदा सामाजिक सद्भाव बलियो बनाउन मद्धत पुगेको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved