प्रगतिशील कलाकार दिपक तिम्सिनाको रहस्यमय मृत्यु

  • मंसिर १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  पुरानो प्रगतिशील कलाकार धरान १६ निवासी ५० वर्षीय दिपक तिम्सिनाको झापाको दमकमा रहस्यमय मृत्यु भएको छ ।

तिम्सिनाको उपचारको क्रममा शुक्रबार विएनसी अस्पताल विर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले वताएको छ । कार्तिक १७ गते दमक २ स्थित सडकबाट गंभीर अवस्थामा भेटिएका उनलाई विएनसी अस्पतालमा उपचारको लागि लगिएको थियो ।

घट्नाको बारेमा अहिले सम्म केही थाहा नभएको र कस्ले कसरी अस्पताल पुराएको सो कुराको बारेमा अहिले सम्म खुल्न सकेको छैन ।

घट्नालाई मोटरसाइकल दुर्घटनासँग जोडिएको भएपनि अहिले सम्म प्रहरीले दोषी पक्राउ गर्न नसकेको परिवारले वताएका छन् ।

मृतकको टाउको, छाती र खुट्टामा गहिरो चोट लागेको छ । श्रीमती र दुई छोरी सहित तिम्सिना पछिल्लो समय झापाको दमकमा होटल व्यवसाय गर्दै आएका थिए ।

उनका मामा राम घिमिरेले कार्तिक १७ गते घट्ना भएको र अहिले सम्म वास्तविक रहस्य पत्ता लाग्न नसक्नु नै मृत्यु रहस्यमय भएको वताएका छन् । वास्तविक घट्नाको छानवीन र दोषी पत्ता लगाएर कानुन कार्वाही गर्न प्रहरी प्रशासनलाई घिमिरेले माग गरेका छन् ।

परिवारजनले जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारको तर्फबाट उजुरी समेत दिएको तर हाल सम्म घट्नाको वास्तविकता प्रहरीे प्रशासनले पनि पत्ता लगाउन सकिरहेको छैन ।
दमक प्रहरीले भने मृतकको परिवारबाट जाहेरी आएको र घट्नाको वास्तविकता संवन्धी थप अनुसन्धान जारी रहेको वताएको छ ।

प्रहरीलाई कार्तिक १७ गते वेलुकी ९ वजे साथी मार्फत खबर आएको र साथीले नै उपचारको लागि अस्पताल पु¥याएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार मोटरसाइकल दुर्घटना भएको भनेर परिवारजनले जाहेरी दिएको वताइएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved