शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गर्याे : जसपा अध्यक्ष यादव

  • भदौ ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं / सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गरेको बताएका छन् । एक अन्तर्वार्तामा बोल्दै अध्यक्ष यादवले सांसद शर्मालाई पक्राउ गर्नु गलत काम भएको टिप्पणी गरेका छन । 

सुनिल शर्मा जस्तो प्रतिष्ठित मान्छेलाई हचुवाको भरमा पक्राउ गरेर थुन्नु सरकारले गलत हर्कत गरेको बताए । शर्माले आइएसी र एमबीबीएस सकेर कलेज चलाए, सांसद भए, त्यत्रो एकेडेमिका प्रतिष्ठित मान्छेलाई कुनै कसुर विना प्रकाउ गर्ने थुने अनि छोड्ने यो त गलत हो नि,’ अध्यक्ष यादवले भने, ‘यस्ता गलत काम कसरी भइरहेका छन्, कसैलाई क्षणिक रुपमा हिरो बन्नका लागि मुलुकलाई अनिष्ट तर्फ धकेल्न खोजेको त हैन भन्ने विश्लेषण भइरहेको छ अहिले ।’

आफूले अपराधीलाई प्रोत्साहन नगर्ने दावी गर्दै उनले सुनिल शर्मालाई अपराधी हो भनेर कसैले प्रमाणित गर्न सक्छ भन्दै प्रतिप्रश्न समेत गरे । शर्मालाई पक्राउ गर्नु गलत भएको निष्कर्ष निकाले अदालतले समेत उनलाई थुनामुक्त गर्न आदेश दिएको भन्दै अध्यक्ष यादवले सरकारले यस्तो गलत काम गर्नु नहुने बताए ।

सरकारको गलत हर्कतले गर्दा सत्ता साझेदार दलहरू भित्र असन्तुष्टि बढदै गएको भन्दै अध्यक्ष यादवले सरकारले गलत कामहरूलाई रोक्न नसके मुलुकमा अनिष्ट हुनेसक्ने संकेत पनि गरेका छन् ।

यो पनि

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved