ग्रील उद्योगीहरुको आयोजनामा निःशुल्क आँखा शिविर

  • भदौ ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ संयुक्त ग्रील, स्टील, आल्मोनियम उद्योग व्यवसायी संघ, धरानको अयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शिविर शनिबार धरान ३ स्थित धरान जेसीजको सभाहलमा सम्पन्न भएकोे थियो ।

शिविरमा जेष्ठ नागरिक लगायत ११३ जनाले आँखा परिक्षण गरेका थिए ।

शिविर सूर्य आई कियर धरान १२ को प्रविधिक सहयोगमा सम्पन्न भएका हो । कार्यक्रम संघका अध्यक्ष उदय कुमार राईको अध्यक्षतामा र संघका केन्द्रिय सदस्य राजकुमार राईको प्रमुख अतिथ्यतामा भएको थियो ।grriill

शिविरको औपचारिक कार्यक्रममा प्रमुख अतिथि तथा केन्द्रिय सदस्य राज कुमार राईलाई सम्मान गरिएको थियो ।

प्रविधिक सहया्गी सूर्य आई कियरका वरिष्ठ आँखा रोग विशषज्ञ डा. ईच्छा जोशी सोनी र धरान जेसीजलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

समाजको अध्यक्षले टोल समुदायका आफ्ना व्यवसायमा काम गर्ने मजदुरहरुलाई लक्षित गरेर शिविर संचालन गरेपनि टोलबासी र धरानका विभिन्न वडाबाट आएका आँखा रोगीहरुले लाभ लिएकामा खुशी व्यक्त गरेका थिए ।

प्रमुख अतिथि संघका केन्द्रिय सदस्य राज कुमार राईले संघले गरेका कार्यहरुको जानकारी गराउदै आँखा आर्थात दृष्टी दान गर्नु जीवन दान गर्नु जतिकै पुण्य हुने बताए ।

व्यवसायी र मजदुर एक अर्कामा नङ्ग र मासुको सम्बन्ध हुने जानकारी गराउँदै व्यवसायीले मजदुरहरुका लागि शिविर आयोजना गरी उनिहरुको आँखा जाँच गरिएकोमा खुशी व्यक्त गरेका थिए ।grrii

शिविर आयोजना गर्न सहजिकरण गर्नुहुने सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विष्णु वरालले आफु उद्योगी व्यवसायीहरुको लागि काम गरिरहेको जानकारी गराउदै संघसँग आफ्नो नजिकको सम्बन्ध भएकाले अन्य आवश्यक सहयोग पनि गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

जाँच गरिएको विरामी मध्ये १३ जनामा मोतिया विन्दु भएको, १९ जनाले चस्मा लगाउनु पर्ने, पुन चेक जाँच गर्नुपर्ने ३५ जना र कमजोर दृष्टी भएका २५ जना भेटिएको सूर्य आइ कियर धरानका वरिष्ठ आँखा रोग विशषज्ञ डा इच्छा जोशी सोनीले बताईन ।grril

सामान्यतया ४० वर्ष माथिकाहरुमा आँखाको समस्या देखिनु स्वभाविक भएकाले छ/छ महिनामा आँखा जाँच गर्नु पर्दछ । त्यसमा पनि ग्रील, स्टील र आल्मुनियम उद्योगमा काम गर्ने मजदुरहरुले आँखाको लागि धेरै नै सचेत भएर काम गर्नु पर्ने डाक्टर सोनीले बताईन ।

शिविरमा निःशुल्क आँखा जाँच गर्नुका साथै, आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

आवश्यक अनुसार चस्मा तथा आँखाको उपचार गर्न विशेष सहुलियत समेतको व्यवस्था गरिएको थियो

यो पनि

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved