धरानको धार्मिक तथा सास्कृतीक विवाद छलफलद्धारा समाधान गर्न आह्वान

  • भदौ ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा एमाले धरानले धरानमा भई रहेको धार्मिक तथा सास्कृतीक विबादलाई अपसी छलफल र समझदारीबाट हल गर्न आह्वान गरेको छ ।

एक अर्काको आत्मासम्मानमा ठेस नपुग्ने गरी अपसी छलफल र वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेको हो ।

आइतबार नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ र सचिव राजेन्द्र राईद्धारा जारी गरिएको विज्ञप्तिमा आपसी सद्भाब र एकतालाई काम राख्न नेपाली समाजले अबलम्बन गर्दैै आएको अपसी छलफल र समझदारीको विधि अपनाउन आह्वान गरेको उल्लेख गरीएको छ ।

नियम कानुनको पालना गर्नु र असहमती भए बैधानीक बाटोबाट समाधान खोज्ने विकल्प हुदाहुदै अपसी सद्भाब र एकता भड्किने गरी भईरहेका गतिविधीले ध्यानाकर्षण भएको एमाले धरानको ठ्म्याइ छ ।

एक अर्काको अस्तीत्व स्वीकार गर्न र अतिबादी कार्य नगर्न नगराउन सबैलाई आह्वान गरीएको विज्ञप्तिमा उल्लेख छ ।

धरानको धर्मिक तथा सास्कृतीक विबादमा नगर प्रमुखको अप्रत्क्ष्य सलग्नता रहेको भन्दै विज्ञप्तिमा दुख ब्यक्ति गरिएको छ ।

त्यसैगरी नेकपा एमाले जिल्ला कमिटी सुनसरीले पनि आइतबार नै विज्ञप्ती जारी गर्दे धरानको सद्भाब खल्बल्याउने तथा लोकतान्त्रीक ब्यबस्था माथि नै धावा वोल्ने कार्य हुन थालेको भन्दै संघीय सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।

कुनैपनि बहानामा समाजिक सद्भाब भड्काउनु अराजकता भएको भन्दै त्यसलाई नियन्त्रण गर्न विज्ञप्तिमा आह्वान गरीइएको छ ।

एमाले सुनसरीका सचिब पर्शुराम यादबद्धारा हस्ताक्षरीत विज्ञप्तिमा धरानमा धार्मिक तथा सास्कृतीक भड्काब हुन सक्ने उच्छृङखल गतिविधी भईरहेको उल्लेख गरिएको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved