महिलाहरुको आत्मरक्षाका लागि दुई दिने सेल्फ डिफेन्स तालिम सम्पन्न

  • असार २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ महिलाहरुको आत्मरक्षाका लागि विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम शनिबार सम्पन्न भएको छ ।कोशी प्रदेश खेलकुद विकास बोर्ड दुवारा आयोजना गरिएको उक्त  तालिम शुक्रबार र शनिबार विराटनगरमा भएको थियो ।

पछिल्लो समय महिलाहरु असुरक्षित हुदै गएको उनिहरुमाथी विभिन्न अप्ठयारो अवस्थाहरु आई पर्ने हुदा त्यस्तो परिस्थीति आउदा कसरी आत्मबल बढाउन सकिन्छ भने उद्देश्य तालिमको आयोजना गरिएको बताइएको छ ।

महिलाहरु घरेलु हिंसा,साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न तरिका बाट हुने हिंसाको पहिचान गरि कसरी आफूलाई बचाउ सकिन्छ भने बिषयमा प्रशिक्षण दिइएको थियो । आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउन भनेर प्रशिक्षण दिँदै प्रयोगात्म अभ्यास समेत गराइएको थियो ।

आत्मरक्षा तालिममा सुनसरी र मोरङका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । कक्षा ९ र १० मा अध्ययनरत १ सय ५० भन्दा बढी छात्राहरुले भाग लिएका थिए । काठमाडौं लगाएत प्रदेशका प्रशिक्षकहरु गरि ५ जनाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि एनआरएनकी पूर्व अध्यक्ष रोजिना प्रधान राई, प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष जीन कार्की, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य विनोद डाँगी लगायतले प्रशिक्षणका सहभागीहरुलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन अनुरोध समेत गरे ।

विराटनगर महिलाहरुको आत्मरक्षाका लागि विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम शनिबार सम्पन्न भएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्ड दुवारा आयोजना गरिएको दुई दिने महिला सेल्फ डिफेन्स तालिम शुक्रबार र शनिबार विराटनगरमा भएको थियो ।

पछिल्लो समय महिलाहरु असुरक्षित हुदै गएको उनिहरुमाथी विभिन्न अप्ठयारो अवस्थाहरु आई पर्ने हुदा त्यसतो परिस्थीति आउदा कसरी आत्मबल बढाउन सकिन्छ भने उद्देश्य तालिमको आयोजना गरिएको बताइएको छ । महिलाहरु घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न तरिका बाट हुने हिंसाको पहिचान गरि कसरी आफूलाई बचाउ सकिन्छ भने बिषयमा प्रशिक्षण दिइएको थियो ।

आफू हिंसामा परे कसरी आफूलाई आत्मरक्षा गराउन भनेर प्रशिक्षण दिँदै प्रयोगात्म अभ्यास समेत गराइएको थियो ।
आत्मरक्षा तालिममा सुनसरी र मोरङका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । कक्षा ९ र १० मा अध्ययनरत १ सय ५० भन्दा बढी छात्राहरुले भाग लिएका थिए । काठमाडौं लगाएत प्रदेशका प्रशिक्षकहरु गरि ५ जनाले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि एनआरएनकी पूर्व अध्यक्ष रोजिना प्रधान राई, प्रदेश खेलकुद बोर्डकी उपाध्यक्ष जीन कार्की, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य विनोद डाँगी लगायतले प्रशिक्षणका सहभागीहरुलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारी रुपमा  लागू गर्ने र साथीलाई समेत सिकेका कुरा बुझाउन अनुरोध समेत गरे 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved