धरानका बीच भागमा रहेका रुखका हाँगा छाट्दै स्थानीय सरकार

  • असार २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /बोट विरुवा मानिसको जीवनसँग जोडिएको एक अंग हो भन्दा फरक पर्दैन ।

यसले मानिसमा अक्सिजन प्रदान गर्छ भने बोट विरुवाले मानिसबाट कार्वोनडाइअक्साड लिने गर्छ । एक अर्कामा परिपुरक भन्दा फरक पर्दैन ।

तर जहाँतही भएका यस्ता बोट विरुवाले दुर्घटना पनि निम्त्याउन सक्छ । विशेष गरी सहरका बीच बजारमा रहेका यस्ता बोट विरुवाले दुर्घटनाको जोखिम बढाउने गरेको छ ।

यसलाई मध्यनजर गरी धरान १ पुरानो अस्पताल अगाडि रहेको बर र पिपलको रुखका हाँगा छाट्ने काम गरिएको छ ।

धरानका बीचमा रहेका रुखका हाँगाहरु छाट्ने कामलाई तिब्रता दिइएको छ ।

बीच बजारमा रहेका यस्ता रुखले विगतमा धेरै दुर्घटना निम्त्याएकोेले दुर्घटना न्यूनिकरण उद्देश्यले धरानको बीच बजारमा रहेका रुखका हाँगाहरु छाड्ने काम शुरु गरिएको ।

पहिलो चरणमा धरान १ छाताचौकमा रहेको पुरानो अस्पताल अगाडिको सडक छेक्न गरी पलाएका बरपिपल हाँगालाई छाट्न् काम गरिएको हो ।

धरान १ का समाजसेवी चन्द्रप्रसाद श्रेष्ठले रुख विरुवा मानिसको जीवनसँग गाँसिएको भएपनि यस्ता रुखहरु सुरक्षित ठाउँमा मात्र रोपिनुपर्ने बताउनुभयो ।

उहाँले रुखको संरक्षणसँगै जनतालाई सुरक्षित बनाउने कामलाई पनि स्थानीय सरकार तथा जनप्रतिनिधिहरुले ध्यान दिन आवश्यक रहेको बताए ।

धरानमा धरान ८ बगरगाछी, धरानको मुटु भानुचौक, धरान १ छाताचौक लगायतका धेरै स्थानमा सडककै छेउमा यस्ता वरपिपल रहेका छन् ।

विशेष गरी चैत्र वैसाख अथवा हावाहुरीको समयमा यस्ता बरपिपलका हाँगाबाट जोखिम बढ्ने गरेको छ ।

सडकमा हिड्ने यात्रु तथा सवारी साधनलाई जोखिम नहोस् भन्ने अभिप्रायले हाँगाहरु छाटिएको धरान १ का वडाध्यक्ष यज्ञमणि आचार्यले बताए ।

केही समय अगाडि छाताचौक पुरानो बजारमा रहेको रुख हाँगाले बसको छतमा बसेका एक जना व्यक्तिलाई हाँगाले लागेर गम्भीर घाइते भएका थिए ।

जोखिम न्यूनिकरणका लागि यस्ता रुखहरुको संरक्षण गर्दै जोखिम न्यूनिकरणको प्रयासलाई पनि साथै लगिएको वडाध्यक्ष आचार्यले बताए ।

सर्वसाधारणलाई सुरक्षित बनाउने अभियान अन्तर्गत पहिलो चरणमा धरान १ छाताचौक पुरानो अस्पताल अगाडि रहेको बर पिपलको हागा छाँटिएको वडा कार्यालयले जनाएको छ ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved