लियो जिल्ला अधिबेशनबाट इटहरीका खड्का निर्बिरोध निर्वाचित

  • असार ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इटहरी / गत शनिवार इटहरीको लायन्स भवनमा भएको लियो जिल्ला परिषद ३२५ सी को जिल्ला अधिबेशनबाट अध्यक्षका एकल उम्मेद्बार नवराज सिह खड्का निर्विरोध निर्वाचित भएका हुन ।

लियोको जिल्ला परिषदका उपाध्यक्षका रुपमा रहेर समेत खडकाले काम गरि सकेका थिए । उनि इटहरी सुनसरी लियो क्लबको अध्यक्ष हुँदै जिल्ला परिषदका विभिन्न पदहरुमा रहेरकाम गरिसकेको अनुभव भएकाले पनि उनि निर्विरोधी चयन भएका हुन ।

आठ बर्षदेखि लियोमा आवद्ध भएर उनले बिभिन्न कालखण्डमा रहेर काम गरिरहेका थिए ।निर्वाचित भएपछि खड्काले आफ्नो क्षेत्रमा रहेका लियो क्लबले गर्ने हरेक कार्यको गतिविधिमा जिल्ला परिषदले पुलको काम गर्ने र सम्पुर्ण लियोमा लागेका युवालाइ नेतृत्वमा ल्याउन आफू कृयाशिल हुने गरि निरन्तर लागी परेर काम गर्ने बताए ।

लियो लाई ब्रान्डिङ गर्दै समाजका अन्य युवाहरुलाई समेत लियोमा आकर्षण गर्न बिभिन्न योजनाहरु बनाएर चाडैँ सार्वजनिक गर्ने खड्काको उदेश्य रहेको बताए । उनको योजनामा सबैको साथ र समर्थन आफुलाइ प्राप्त हुने बिश्वास समेत खड्काले व्यक्त गरेका छन् ।

त्यस्तै गरी लियोको जिल्ला परिषद उपाध्यक्षमा लियो मोहम्द अब्बुबकर राइन निर्वाचित भएका छन । राइन पनि बिगत लामो समय देखि लियोको अभियानमा लागेर सामाजिक कार्यमा समर्पित भएर लागि पर्ने गर्थे । उनले कार्यकालमा आफ्नो वल , विवेकले भ्याए सम्म काम गरि जिल्लाको गरिमालाई उचाईमा पुराउने राइनले बताएका छ्न ।

अध्यक्षमा निर्वाचित खड्काले आफ्नो कार्यकालमा भिविन्न सामाजिक सेवाका कार्यहरुका साथै (Theme seminar, youth conclave,international youth camp ) का साथ बिभिन्न तालिम तथा सामाजिक सेवा कार्यक्रमहरु समय सापेछ गर्ने बताएका छ्न। खड्काले आफ्नो कर्याकालको आफ्नो बोर्ड चाँडै नै मनोनयन गरी सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

यो पनि

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved