कोशी प्रदेशमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

  • असार ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी /  केही दिन देखीको अबिरल वर्षाको कारण आएको बाढीपहिरोमा परेर ८ जनाले ज्यान गुमाएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ताप्लेजुङमा ४, पाँचथर २, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको छ।

ती मध्ये पहिरोले पुरेर मृत्यु हुनेको संख्या ५ छ। हालसम्म ९ जना घाइते भएका छन् भने २८ जना बेपता रहेको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार मृत्यु हुनेहरूमा भोजपुर ट्याम्केमयुङ–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका– ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, पाचथरकै २५ वर्षिय एलिसा माझी रहेका छन‍्।

यस्तै ताप्लेजुङ फिदिङ्वा–६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ का सुरेश राई छन्।

यो पनि

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved