पर्यटनमन्त्री सुदन किरातीले कोशीको सट्टामा प्रदेश नम्बर १ लेखे पछि बिबाद

  • असार ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 विराटनगर / कोशी प्रदेशको नामको सट्टामा पर्यटनमन्त्री सुदन किरातीले १ नम्बर प्रदेश लेखे पछि बिबाद भएको छ ।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री किरातीले पुस्तिकामा कोशी प्रदेशको नाम प्रदेश नं। १ लेखे पछि एमालेका सांसदहरुले विरोध जनाएका छन् ।

मन्त्री किरातीले संसद् बैठकमा पेश गरेको पुस्तिकाको पृष्ठ नम्बर ११ देखि १८ सम्म कोशीको साटो १ नम्बर प्रदेश लेखेका छन् ।

एमाले सचेतक महेश बर्तौलाले संविधानसम्मत प्रदेशसभाको दुईतिहाइ बहुमतबाट जुराइएको नामलाई संघीय सरकारकै मन्त्रीले अस्वीकार गरेको भन्दै नियमापत्ति गरेका थिए।

उनले यति गम्भीर विषयमा मन्त्रीले लापरबाही गरेको भन्दै सच्याएर नल्याएसम्म संसद् अघि बढ्न नदिने चेतावनी दिए।

एमालेको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको भन्दै सुदन किरातीलाई बोल्न समय दिएका थिए ।

यो पनि

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved