अन्तर मावि वक्तृत्वकलामा श्रेया निरौला प्रथम

  • जेठ १६, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

बिराटनगर / महिनावारी स्वच्छता दिवसको अवसरमा सुरक्षित महिनावारी हाम्रो जिम्मेवारी भन्ने सन्देशका साथ आइतवार अन्तर मावि वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

बुढीगंगा स्थित विराट मेडिकल कलेजले आयोजना गरेरको वक्तृत्वकलामा भानु मेमोरियल इङ्गलीस बोर्डिङ स्कूलकी कक्षा १२ की छात्रा श्रेया निरौलाले प्रथम स्थान हाँसिल गरेकी छन् ।

उक्त प्रतियोगिता विराट कलेजको सभाहलमा परिसरमा भएको थियो । सो प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो । वक्तृत्वकला प्रतिस्पर्दामा १६ वटा विद्यालयका ६३ जना विद्यार्थीलाई पछि पार्दै निरौलाले प्रथम स्थान हाँसिल गरेकी हुन् ।

त्यस्तै नरग्राम माविकी निशु कार्की दोस्रो विजेता र डिएभी स्कूल विराटनगरकी सेजल मेहता तेस्रो भएकी थिइन् । विजय हुने प्रथम, द्वितीय र तृतीयलाई क्रमशः दस हजार, छ हजार र तीन हजार नगद र प्रमाण–पत्रका साथै हवाइट मूनको तर्फबाट विभिन्न उपहार समेत रहेको थियो ।

तिनै जना विजेतालाई नगद, प्रमाण पत्र विराट कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले प्रदान गरिएका थियो ।सो अवसरमा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved