बिराटनगर / महिनावारी स्वच्छता दिवसको अवसरमा सुरक्षित महिनावारी हाम्रो जिम्मेवारी भन्ने सन्देशका साथ आइतवार अन्तर मावि वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।
बुढीगंगा स्थित विराट मेडिकल कलेजले आयोजना गरेरको वक्तृत्वकलामा भानु मेमोरियल इङ्गलीस बोर्डिङ स्कूलकी कक्षा १२ की छात्रा श्रेया निरौलाले प्रथम स्थान हाँसिल गरेकी छन् ।
उक्त प्रतियोगिता विराट कलेजको सभाहलमा परिसरमा भएको थियो । सो प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो । वक्तृत्वकला प्रतिस्पर्दामा १६ वटा विद्यालयका ६३ जना विद्यार्थीलाई पछि पार्दै निरौलाले प्रथम स्थान हाँसिल गरेकी हुन् ।
त्यस्तै नरग्राम माविकी निशु कार्की दोस्रो विजेता र डिएभी स्कूल विराटनगरकी सेजल मेहता तेस्रो भएकी थिइन् । विजय हुने प्रथम, द्वितीय र तृतीयलाई क्रमशः दस हजार, छ हजार र तीन हजार नगद र प्रमाण–पत्रका साथै हवाइट मूनको तर्फबाट विभिन्न उपहार समेत रहेको थियो ।
तिनै जना विजेतालाई नगद, प्रमाण पत्र विराट कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले प्रदान गरिएका थियो ।सो अवसरमा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।