सरकारले फुटबललाई महत्त्व नदिएको राईको दावि

  • जेठ १६, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / तिनै तहको सरकारले फुटबललाई सम्बोधन गर्न नसकेको बताउदै कोशी प्रदेश फुटबल संघका नवनिर्वाचित अध्यक्ष किशोर राइले सरकारसँग बजेटमा पुनर्विचार गर्नुपर्ने र फुटबल क्षेत्रमा ७ प्रदेशमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन् ।

अखिल नेपाल फुटबल संघका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्षसमेत रहेका राईले सरकारी बजेटमा ७ प्रदेशमा खेलकुदका लागि नीति, निर्माण र दूरदर्शिता स्पष्ट आउनुपर्ने बताए ।

धरान १३ स्थित पत्रकार महासंघ सुनसरी भवनमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै राईले गत सोमबार संघीय सरकारले प्रस्तुत गरेको बजेटले फुटबललाइ अपमानित गरेको दाबी गरे

उनले भने, ‘आधुनिक स्पोर्टस्, स्कुल वा एकेडेमी सञ्चालन गर्ने खोइ भिजन रु क्रिकेटलाई एउटा रंगशाला र विराटनगरमा एउटा रंंगशाला भनेर मात्र हुन्छ रु’ यो चाहिं एकदमै अपमानित कुरा हो, यहाँ फु्टबललाई अपमानित गरिएको छ।’

धरानमा रात्रिकालीन फुटबल प्रतियोगिता सञ्चालन गर्नका लागि प्रयास गरिरहेको राईले बताए ।

रात्रिकालीन फुटबलको अवधारण अनुसार काम गर्ने योजना बनाएर प्रदेश सरकार संग छलफल गर्ने तयारी भैरहेको उनले बताए ।धरान उपमहानगरपालिकामा समेत फुटबलका पदाधिकारीहरुको समन्वयमा आग्रह गर्ने अध्यक्ष राईले बताए ।

फुटबल विकासका लागि धरानमा प्रयास भइरहेको बताउँदै राईले प्रदेशस्तरीय एककेडेमी र कोशी प्रदेशका फुटबल संघको कार्यालय समेत धरानमा रहेकाले यसलाई पनि उपलब्धी मान्नुपर्ने बताए छन ।

अध्यक्ष राईले रंगशालामा प्याराफिटको निर्माण भइरहेको, स्टेज थप निर्माण गर्नेका लागि डेढ करोडको कार्ययोजना पेश गरेको बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved