पहिचानवादी आन्दोलनकारीलाई वार्तामा बोलाउन सांसदको माग

  • जेठ १४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / कोशी नामाकरणको विरोधमा उत्रिएका पहिचानवादी र प्रहरी बिचको झडपले उग्ररुप लिदै गए पछि प्रदेस सभामा तत्काल छलफल गर्न वार्ता समिती गठन गर्न सांसदहरुले माग गरेका छन् । कोशी प्रदेशको आइतबार बसेको प्रदेशसभा बैठकको शुन्य समयलाई सम्बोधन गर्दै सांसदहरुले तत्काल वार्तामा बोलाउन सरकारसँग माग गरेका हुन् ।

आदिवासी जनजाती सांसदहरुले पहिचानवादी आन्दोलनलाई जबरजस्ती दबाउन नखोज्न माग गर्दै बहुमतको आडमा अल्पमतलाई कदर गर्नु पर्ने माग गरेका छन् । प्रदेशसभाको शुन्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले बहुमतको आधारमा नामकरण पास भए पनि बहुमतको आड्मा अल्पमतको कदर गर्नु पर्ने बताएका छन् ।

उनले मानिसले बोल्ने अधिकार नपाउने, पहिचान पक्षधरलाई अपराधी जस्तो ठान्ने र जेलमा भए जस्तो हुनुपर्ने बताउदै प्रदेश लाई शान्त बनाउन चाँडै वार्ता बोलाउन पर्ने जोड दिए ।

यस्तै नेपाली काँग्रेसका सांसद खगेनसिंह हांगामले कोशी प्रदेश नाम आएसँगै सडक र सरकारी कार्यलय अस्तव्यस्त रहेको बताए । उनले आफू पनि पहिचानको भूगोल, सभ्यतामा रहेकाले वार्ताको पक्षमा बोलाउन माग राखेका छन । उनले आन्दोलनको क्रममा घाइते भएकालाई सरकार समक्ष उपचारको माग समेत राखेका छन ।

काँग्रेसका अर्का संसद गोपाल तामाङले प्रदेशको नामकरणको विरोधका कारण परिचयपत्र लुकाएर हिँड्न पर्ने अवस्था आएको बताए । उनले हिजो पनि ठुला ठुला आन्दोलन गरेर आएको दल सदनमा रहेको बताउदै उनले सरकार किन मौन रहेको भन्दै प्रश्न गरे । बैठकमा राप्रपाका सांसद गोपाल बहादुर विश्वकर्मा, माओवादी केन्द्रका सासद तारादेवी ढकाल लगायतले आन्दोलन पक्षधरलाई वार्तामामा बोलाउनु पर्नेमा जोड दिएका छन ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved