ताकेतापछि सडक निर्माण शुरु

  • जेठ २, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

 गाईघाट / निर्माण व्यावसायीको धरौटी रकमबाट खर्चहुने गरि आज बाट गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग अन्तर्गत महुरे–सिम्पानी सडक खण्डको काम हुने भएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईको निरन्तर ताकेता पस्चात निर्माण व्यावसायीको धरौटी रकमबाट खर्चहुने गरि सडक विभागले सडक मर्मतको काम आफै सुरु गर्ने भएको हो ।

सो सडक निर्माणको जिम्मा पाएका निर्मासण व्यावसायी भारत कन्ट्रक्सन र सिद्धिसायी कम्पनिले यहि असार सम्ममा सडक निर्माण कार्य सम्पन्न गनुपर्ने छ तर निर्माण व्यावसायी कार्यालयको सम्पर्क भन्दा बाहिर रहेकोले कार्यालयले निर्माण व्यावसायीहरुको धरौटी बाट रकम काटिने गरि आफै मर्मतको कार्य थालेको हो ।

सोमबार देखि कार्यालयबाट २ ओटा टिपर र १ ओटा जेसिभि बाटो मर्मतको लागि गएको थियो । निर्माण व्यावसायी लामो समय देखि सम्पर्क विहिन भए उनको प्रारम्भीक कार्वाहिको रुपमा निजको धरौटी रकमबाट खर्च हुने गरि सडक विभागले बाटो मर्मत गर्न लागेको सडक विभाग उदयपुरका प्रमुख गोपाल खकुरेलले बताए ।

यस्तै प्रमुख सचेतक राईले सरकारलाई खबरदारी गर्दै भनेका छन् “ सरकार खबरदार ! निर्माण व्यवसायीको फन्दामा परी ऐन, नियम संसोधन गर्ने र कामै नगर्ने निर्माण कम्पनीहरुको पटक–पटक म्याद थप्ने काम नहोस ।”

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved