धरान । राष्ट्रिय युवा संघ नेपालको ३४ औ स्थापना दिवसको अवसरमा सोमबार धरान उप–महानगर कमिटीले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
दिवशको अवसरमा युवा संघका केन्द्रिय सदस्य, प्रदेश, जिल्ला सदस्य सहित धरान उपमहानगरपालिका कमिटीका पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरेको हो ।
विभिन्न बिद्यालयमा लागुऔषध तथा दुर्ब्यसनी बिरुद्ध सचेतना कार्यक्रम, पहिरो पिडितलाइ राहत बितरण तथा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको थियो ।
युवा संघ धरानका अध्यक्ष भवानीभक्त दाहालका अनुसार धरान १८ स्थित डिपो उच्च मा.बी. र धरान –१२ स्थित पब्लिक स्कुलमा लागुपदार्थ दुर्ब्यसनी विरुद्ध सचेतना कार्यक्रम गरेको छ भने धरान २० स्थित आपटारमा बिगत देखीनै भैरहेको बाढी पिडितहरुलाइ राहत बितरण गरेको छ ।
आपटारका ८ घर परिवारलाइ राहत स्वरुप खाध्यान्न बितरण गरेको हो । युवा संघ नगरकमिटी सङ संघको वडा कमिटीका पदाधिकारीसंघ मैत्रीपुर्ण फुटसल खेलेको थियो ।