पेस्तोलसहित प्रक्राउ परेका तीनजनालाई धरान प्रहरीद्वारा सार्वजनिक

  • जेठ १, २०८०
  • "स्नेहा श्रेष्ठ"
alt फाईल तस्बिर

विजयपुर / पेस्तोल सहित धरानबाट पक्राउ परेका तीनै जनालाई प्रहरीले सार्वजनिक गरेको छ । फक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ डाँडा घोपाका २९ बर्षीय हुकमेन जिमी, उनका भाई २४ बर्षीय दिपक जिमी र धरान–१५ का २४ बर्षीय रोहित राई रहेका छन ।

प्रहरीले सुचनाको आधारमा बैशाख ३१ गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ९रिट० समुह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले हुकमेन जिमी र दिपक जिमीलाई उनको घरको कोठाबाट नियन्त्रणमा लिएको जनाएको छ 

pestol-sahit-pakaru

पक्राउ परेका जिमी दाजुभाईलाई सोधपुछका गर्ने क्रममा हुकमेन जिमीले २ थान पेस्तोल खरिद गरी ल्याएको बुझिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।

उनका अनुसार खरिद खरेर ल्याएको पेस्तोलमध्ये १ थान दिपक जिमीलाई राख्न दिएको र अर्को १ थान रोहित राईलाई दिएको खुलेको बताउदै खोजतलासकै क्रममा घर पश्चिम रहेको सर्दुखोला नजिकको झाडीमा झोलामा लुकाएर राखेको अवस्थामा नचल्ने अवस्थामा रहेको १ थान पेस्तोल गरेको थियो ।

pestol-sahit-pakaru-33

यसैगरि सोही राती रोहत राईको घरकोठा समेत प्रहरीले खानतलासी गरेको थियो । खान तलासीका क्रममा राइ सुत्ने पलङको डस्ना मुनी लुकाएर राखेको अवस्थामा म्याग्जिन सहितको ‘मेड इन इटली’ लेखेको १ थान पेस्तोल सहित प्रहरीले फेला पारेको थियो । दुई ओटा पेस्तोल सहित पक्राउ परेका तीनैजनाको इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको डिएपी मल्लले जानकारी दिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved