धरानका राजनैतिक दलका प्रतिनिधि सिंहदरबारमा " खानेपानी समस्या समाधान गर्न ‘बहुुउद्येशीय योजना’ पेश"

  • वैशाख १२, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरानका राजनैतिक दलले धरानको खानेपानी समस्या समाधान गर्न ‘बहुुउद्येशीय योजना’ आवश्यक पर्ने भन्दै त्यसका लागि बजेट विनियोजन गर्न अर्थमन्त्री सँग माग गरेका छन् । 

artha

सोमबार मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाश शरण महतसँग सयुक्त रुपमा भेट गर्दै धरानका राजनैतिक दलका प्रतिनिधिहरुले धरान तमोर सुरुङ मार्गलाई ‘बहुुउद्येशीय योजना’ को रुपमा बिकास गर्न बजेट समेत माग गरेका छन् ।

342974693_961084268255925_7485708015233906843_n

 ‘धरानको विषयमा अहिले जे जस्ता कुराहरु बाहिर आएका छन् ती सस्तो लोकप्रियताका लागि मात्र आएका हुन्’ धरानका पुुर्व नगर प्रमुख तथा नेपाली कांग्रेसका नेता तिलक राईले भने ‘धरानको खानेपानी दिर्घकालिन रुपमा समाधान गर्न अहिले अध्ययन भई रहेको धरान लेउती सुरुङमार्ग लाई ‘बहुुउद्येशीय योजना’ रुपमा विकास गर्न आवश्यक छ ।’

उक्त बहुदेशीय योजनाबाट यातायात,खानेपानी,सिचाई तथा तथा जल पर्यटनका लागि समेत उपयुक्त हुने माओबादी केन्द्रका नेता चोत्लुुङले बताए । 

धरानका राजनैतिक दलका प्रतिनिधिहरुसँग कुरा गर्दै अर्थमन्त्री डा महतले धरानको समस्यालाई आफुुले गहिरोगरि बुुझेको बताएका छन् । यो ‘बहुुउद्येशीय योजना’का बिषयमा म सकारात्मक छुु, यसका लागि बैदेशीक लगानी ल्याउनपनि म आफै लागि पर्छुु ।’ मन्त्री महतले धरानका लागि राजनैतिक दलहरुले सयुुक्तरुपमा ल्याएको योजनाहरुलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

खानेपानी बाहेकका अन्य योजनामा प्राथमिकता हेरेर बजेट विनियोजन गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

 अर्थमन्त्री सँगको छलफलमा नेकपा एमालेका नेताहरु मिन सुुब्बा,नारायण प्रसाद सुुबेदी,एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ,नेपाली कांग्रेसका नेताहरु तिलक राई,उमेश थापा प्रदेश संसद ममता तामाङ,काग्रेस नगर सभापती श्याम पोख्रेल,माओबादी केन्द्रका नेताहरु मुुक्सामहाङ मेन्याङबो,नगर इन्चार्ज चोत्लुुङ सहित माओबादी केन्द्रका नगर अध्यक्ष तथा वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराई,धरान १६ का वडाध्यक्ष मुुरारी भट्टराई, धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई,धरान ११ का वडाध्यक्ष लोकेन्द्र कुुमार फागुु,धरान २० का वडाध्यक्ष पदमबहादुर लिम्बुु लगायतका नेताहरुको उपस्थिती रहेको थियो । 

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved