प्रहरी प्रमुखबाट पदभार ग्रहण

  • वैशाख ११, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / नेपाल सरकार गृहमन्त्रालयको निर्णय अनुसार प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका निमित्त कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले आइतबार पदभारग्रहण गरेका छन् ।

नेपाल सरकार गृहमन्त्रालयको वैसाख ६ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा वास्तोला पदोन्नति भएका थिए । उनलाई आझै दज्र्यानी चिन्ह समेत प्रदा गरिएको थियो ।

सो अवसरमा बोल्दै कोशी प्रदेश प्रहरी प्रमुख वास्तोलाले अन्तर आत्मालाई साक्षी राखेर जनताको सेवा गर्न निर्देशन दिएका थिए ।पद बहाली पश्चात भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

उनले नागरिकको जीउ धनको सुरक्षा, अपराध नियन्त्रण,घटित अपराधको सफल अनुसन्धान,पेन्डिङ मुद्दाको फछ्यौट, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ लाग्न प्रहरीहरुलाई निर्देशन दिएका थिए ।

उनले प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाउँदै र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाई भारतिय काउण्टर पार्टससंग समेत समन्वय गरेर सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन निर्दैशन दिए ।

उनले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याएर सामाजिक सञ्जालको सही सदुपयोग गर्न र सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved