दुर सञ्चारद्वारा अभिमुखीकरण "नेपाल दुरसंचार प्राधिकरणले इटहरीले अभिम्खीकण तालिमको आयोजना गरेको छ ।"

  • वैशाख ११, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

 इटहरी / कार्यक्रममा अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको थियो । सो अवसरमा सेवाको अनुमतिपत्र प्राप्त, सेवा प्रदायकहरुले अनुमतिपत्रका शर्तहरु, दूरसंचार सम्बन्धमा भएका कानूनी ब्यवस्था लगायत तोकिएको मापदण्ड बमोजिम सेवा प्रदान गर्नुपर्ने छ ।

 उपभोक्ताको हकहितको संरक्षण गर्ने कसरी गर्ने भन्ने कुराको बृहत चर्चाका विषयमा कार्यक्रमको सहकार्य गरेको पि आर मल्टिपल सोलुसनका प्रबन्धक एवम संचार बिज्ञ सिबी खड्काले बताएका थिए ।

ईन्टरनेट सेवा प्रदायकहरुसँग भएको अनुमतिपत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधि विज्ञ अमोद पुडासैनीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सेवा प्रदायक, वित्तिय संस्था, निजि क्षेत्र, पत्रकार,समाजसेवि तथा प्राविधिक विघार्थीहरुको‌ सहभागीता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सेवा प्रदायक संस्थाहरुले दूरसंचारको गुणस्तर विनियमावली २०७९ बमोजिम कार्य गर्नुपर्ने विषय कर्यपत्रमा‌ समावेस गरी छलफल भएको थियो । सेवाग्राही सहभागिबाट सेवा प्रदायकहरुले समयमा‌ गुनासो सुनुवाई नभएको कुरा उठान गरेका थिए ।

त्यस्तै सेवा प्रदायक संस्थाका‌ प्रतिनिधिहरुले सडक मर्मत लगायत गर्दा तार काटिने हुदा सेवा अवरुद्ध हुने विषय उठाएका थिए । यस्तै प्राधिकरणका उप निर्देशक प्याकुरेलले अन्तर सरकारी निकाय÷ संस्थाबीच समन्वयको अभावका कारण समस्या उत्पन्न भएको जिकिर गरे ।

कोशी प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेस बस्नेतको उपस्थितिमा भएको कार्यक्रममा प्राधिकरणका उपनिर्देशक सुन्दर प्याकुरेल, विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, उद्योग बाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली, इलाका प्रहरीले कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक माधव काफ्ले, होटेल व्यावसायी संघ इटहरीका कार्यबाहक अध्यक्ष जयप्रकाश उपाध्याय लगायले बोलेका थिए ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved