महानगरद्वारा १५ वटा सहकारी खारेजी

  • वैशाख १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ ।

सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर–४ को पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, ५ को विराट कोशेलीघर, ५ कै एक्सेचेन्ज बचत तथा ऋण सहकारी, ७ को सुमेरु बचत तथा ऋण सहकारी र ८ को सहयोगी सहकारी संस्थाको दर्ता खारेजी गरिएको छ ।

यसैगरी विराटनगर–९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि खारेजीमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार विराटनगर–१२ स्थित गजलक्ष्मी बचत तथा ऋण सहकारी, १४ को गरिमा बचत तथा ऋण सहकारी, १४ को बहुमूल्य कृषि सहकारी र १५ को ऋद्धिसिद्धि बचत तथा सहकारी संस्थाको समेत दर्ता गरिएको छ ।

खारेजीमा परेका सहकारीहरुलाई लेखापरीक्षणसहित आवश्यक कागजातसहित महानगरमा सम्पर्कमा आउन गत फागुन २२ गते सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । पटक–पटक सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआएपछि महानगरले खारेजी गरेको कोइरालाले जानकारी दिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved