महानगरद्वारा १५ वटा सहकारी खारेजी

  • वैशाख १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ ।

सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था लि., विराटनगर–४ को पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, ५ को विराट कोशेलीघर, ५ कै एक्सेचेन्ज बचत तथा ऋण सहकारी, ७ को सुमेरु बचत तथा ऋण सहकारी र ८ को सहयोगी सहकारी संस्थाको दर्ता खारेजी गरिएको छ ।

यसैगरी विराटनगर–९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहुद्देश्यीय सहकारी संस्था लिमिटेड पनि खारेजीमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार विराटनगर–१२ स्थित गजलक्ष्मी बचत तथा ऋण सहकारी, १४ को गरिमा बचत तथा ऋण सहकारी, १४ को बहुमूल्य कृषि सहकारी र १५ को ऋद्धिसिद्धि बचत तथा सहकारी संस्थाको समेत दर्ता गरिएको छ ।

खारेजीमा परेका सहकारीहरुलाई लेखापरीक्षणसहित आवश्यक कागजातसहित महानगरमा सम्पर्कमा आउन गत फागुन २२ गते सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । पटक–पटक सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआएपछि महानगरले खारेजी गरेको कोइरालाले जानकारी दिए ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved