नयाँ वर्षमा धरानका मठमन्दिरमा भीड " सकारात्मक सोचबाट नयाँ वर्ष सुरुवात"

  • वैशाख ३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  नयाँ सालको आगमनसँगै धेरै सर्वसाधारण पूर्वका रमणीय स्थल घुम्न जाने, रमाइलो गर्ने, वनभोज जाने, साथीभाइसँग मिलेर पार्टीमा रमाउने गर्छन् । तर केही सर्वसाधारण भने नयाँ वर्षको पहिलो दिन राम्रो कामबाट सुरु गरे वर्षभरि नै राम्रो हुन्छ मान्यता राखेर मन्दिर दर्शन गर्न आएको पाइयो ।

नयाँ वर्ष लाग्ने वित्तिकै पूर्वको पहाडी जिल्ला धनकुटाको भेडेटार, लालीगुराँसको राजधानी टिएमजेमा जाने, घुम्ने, टिकटक बनाउने संख्या अत्याधिक रहेको थिो । यस दिन सवारी जामका कारण सवारी आवगमनमा समस्या रहेको थियो । तर केही यस्ता सर्वसाधारण थिए घुम्न, रमाइलो गर्नुभन्दा पनि मन्दिरको दर्शन गरेर नयाँ बर्षको शुरुवात गरेका थिए ।

नयाँ वर्ष २०८० को आगमनको पहिलो दिन आउन नभ्याएकाहरु शनिवार समेत धरानको विजयपुरमा रहेका मठमन्दिरमा पूजाआजा तथा दर्शन गर्नेको अत्यधिक चाप रहेको थियो ।
शुक्रबार इटहरीबाट स–परिवार आएकी अञ्जु गौतम धरानको विजयपुरमा रहेको दन्तकाली मन्दिरमा भेटिइन् ।

नयाँ वर्षको सुरुवात मन्दिरको दर्शन गरेर गर्ने सोचका साथ आएकी उनले देवी देवताको दर्शनबाट नयाँ वर्ष सुरु गर्दा यो बर्ष राम्रो हुने सोचले दर्शन गर्न आएको बताइन् । उनले भनिन्–‘नयाँ वर्षमा सकारात्मक कामबाट गर्नुपर्छ भन्ने मान्यता छ,

त्यही अनुरुप अन्य ठाउँमा घुम्न जानुको सट्टा मन्दिरमा आएर दर्शन गरेका हौं ।’
परिवारसँग घुम्न जाने, रमाइलो गर्ने धेरै भएपनि मन्दिरको दर्शन गरेर नयाँ वर्षको सुरुवात गर्ने सर्वसाधारण पनि उत्तिकै रहेको पाइएको धरान १६ का रमण घिमिरे बताउँछन् । नयाँ बर्षको सुरुवातमा मन्दिरमा गएर दर्शन गरे नयाँ बर्ष सुखद हुने विश्वास उनको थियो ।

इटहरीबाट आएका भएका दर्शन लुइटेलले नयाँ बर्षमा देशमा अमनचयन ल्याउने विश्वास व्यक्त गरे । उनले भने–‘ नयाँ वर्षको पहिलो दिन देवालयको दर्शन गर्न परिवार, समाज र देशमा शान्ति मिल्छ भन्ने विश्वासका साथ मन्दिरमा दर्शन गर्न आएका हौ ।

’गौतम, घिमिरे र लुइटेल मात्र हैन धरानका मठमन्दिर दर्शन गर्न हजारौ सर्वसाधारण विजयपुरमा आएका थिए । पहिलो बर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे बर्षभरि नै राम्रो हुने उनीहरुले बताएका थिए ।

शुक्रबार नयाँ बर्षको पहिलो दिन धरानका मात्र हैन कोशी प्रदेशका विभिन्न जिल्लाबाट धरान १४ विजयपुरमा रहेका मठमन्दिरको दर्शन गर्न आएका थिए । शुक्रबार नभ्याएकाहरुले शनिवार समेत दर्शन गर्नेको भीड उत्तिकै थियो ।

उनीहरुले विजयपुरमा रहेको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या तथा पाथीभराको मन्दिर गरेर फर्किएका थिए । सर्वसाधारणको अचाक्ली भीडले उनीहरुमा धार्मिक आस्था बढेको देखिन्छ ।

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved