बजेटका लागि महानगरद्वारा सुझाव संकलन " रोजगारीमूलक क्षेत्रमा लगानी बढाउन सुझाव"

  • चैत ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माणका लागि विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित पूर्व बजेट छलफल तथा सुझाव संकलन सुरु गरेको छ ।

महानगरले बुधबार सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आगामी आर्थिक वर्षका लागि पूर्वबजेट छलफल आयोजना गरेको हो ।

पूर्वबजेट छलफलमा आएका सुझावअनुसार आगामी वर्षको बजेट निर्माणमा लाग्नका लागि समयमै सुझाव संकलन सुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, राजस्व महाशाखा सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, लेखा प्रशासन महाशाखा प्रमुख संजीव भट्टराईलगायत विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा भएको छलफलमा सहभागीहरुले बजेट निर्माण गर्दा आयमूलक, सीपमूलक तथा रोजगारीमूलक क्षेत्रमा लगानी बढाउन सुझाव दिएका थिए ।

सो अवसरमा गैरसरकारी संस्था मोरङकी अध्यक्ष विष्णु शर्मा, सेतो गुराँस अध्यक्ष सरु केसी, हाम्रो समाजका अध्यक्ष अनुप सापकोटा, रिचमन्ट फेलोसिपका संजीव चापागाईं, नारी विकास संघकी अध्यक्ष सीता शर्मा, माइती नेपालका कोशी प्रदेश संयोजक विनोद पोखरेल, सिविनका प्रदेश संयोजक वासु अधिकारी, सगरमाथा सामुदायिक विकास केन्द्रका दीपक राउतलगायतले बेरोजगारी समस्या बढ्दै गएको बताउँदै सीप सिकेर स्वरोजगार हुने गरी बजेटलाई प्राथमिकतामा राख्न सुझाव दिए ।

त्यस्तै उनीहरुले महिला हिंसामा परेकाहरुलाई राख्नका लागि अल्पकालीन आवासगृह महानगरले व्यवस्थापन गर्नुपर्ने, सामाजिक संघसंस्थाको क्षमता विकासमा ध्यान दिनुपर्ने लागूऔषध दुव्र्यसनी न्यूनीकरण गर्न विद्यालयस्तरदेखि नै चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।

महानगरले गरिरहेको ट्राफिक व्यवस्थापन अत्यन्तै राम्रो र प्रभावकारी भएको भन्दै सहभागीहरुले आफ्ना निर्णयमा अडिग रहन उनीहरुले आग्रह पनि गरे ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved