इटहरीमा अत्याधुनिक भेटरिनरी अस्पताल बन्दै

  • चैत ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल बन्ने भएको छ । पशुपन्छीको उपचारका लागि इटहरीमा भेटेरिनरी अस्पतालको भवन शिलान्यास गरिएको हो ।

बुधबार एक कार्यक्रमको आयोजना गरि इटहरीका मेयर हेमकर्ण पौडेलले अत्याधुनिक भवनको शिलान्यास गरेका हुन ।

इटहरी उपमहानगरपालिकाका कृषकहरुलाई सहजता प्रदान गर्न भेटनगरी अस्पताल सञ्चालनमा ल्याउन लागेको मेयर पौडेलले बताए । उनले भने कृषकहरुले पालेका चौपाया विरामी हुँदा सहज रुपमा उपचार गर्न सकून भन्ने उद्देश्यले हामीले भेटनरी अस्पताल सञ्चालन गर्न लागेका हौं ।

२ करोड ६ लाख ८२ हजार १ सय ६५ रुपैयाँ लागतमा तीन तले अस्पतालको भवन निर्माण हुने भएको छ । यो अस्पतालको भवन २०८० साल चैत्र भित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

इटहरीमा अत्याधुनिक भेटरिनरी अस्पताल बन्दै भवनमा कृषकहरुको लागि तालिम हल समेत बन्ने,कृषकहरुले छलफल तथा कार्यक्रमहरु राख्न सक्ने कोठाहरु निर्माण गरिने मेयर पौडेलले जानकारी दिए

इटहरीमा अत्याधुनिक भेटरिनरी अस्पताल बन्दैइटहरीका पशु चिकित्सकअ दुर्गा बहादुर श्रेष्ठले अस्पतालमा एक्सरे, अल्ट्रासाउण्ड मेसिनबाट बिरामी पशुको चेकजाँच गरिने बताए । उनले भवन बनेपछि अस्पताललाई ब्यवस्थित बनाएर सञ्चालन बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved