अनधिकृत रुपमा निर्माण गरिएको टहरा भत्काइयो

  • वैशाख २, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिका वडा नं. १७ को सदुखोला किनारमा अनाधिकृत रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको घर टहरा धरान उपमहानगरपालिकाले डोजर लगाएर खाली गरेको थियो ।

बुधबार विहान धरान नगर प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरी र वन कार्यालयको सक्रियतामा सर्दु खोला किनारमा अनाधिकृत रुपमा बनाइएका घर टहरा भत्काइएको धरान नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।

एक महिना अगाडिदेखि बनाइएको राजकुमार लिम्बु, प्रेम लिम्बु, विजय हाङ, धनबहादुर श्रेष्ठको टहरा सहित संगुरको खोर भत्काइएको हो । अतिक्रमित जग्गा खाली गराउन विष्णुपादुका सबडिभिजन वन कार्यालयका प्रमुख बिक्रम आमात्यको समेत उपस्थिति रहेको थियो ।

नगर प्रहरी प्रमुख कोइरालाले भने–‘सार्वजनिक जग्गामा घर टहरा बनाएको पाइएपछि हामीले जग्गाको स्वामित्व भएको प्रमाण पेश गर्न सूचना जारी ग¥यौ, घट टहरा बनाउनेहरु आएनन्, त्यसपछि हामीले मालपोत र नापीमा गएर बुझ्यौ, बुझ्दा सार्वजनिक जग्गा अतिक्रिमण गरेर बनाएको पाइएपछि अतिक्रमणमा परेको जग्ग खाली गरेका हौं ।’

अनाधिकृत रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा बनाएको पाइएपछि स्थानीय सरकार धरान उपमहानगरपालिकासँग समन्वय गरेर खाली गर्ने काम गरिएको विष्णुपादुका शव डिभिजन वन कार्यालयका प्रमुख विक्रम अमात्यले बताए । उनले भने–‘पछिल्लो समय जताततै सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा बनाउनेको संख्या बढ्दै गएको पाइएको छ, धरान १७ मा पनि त्यही पाइयो, अतिक्रमणबाट सार्वजनिक जग्गा जोगाउन पनि हामीले स्थानीय सरकारसँग समन्वय गरेर भत्काएका हौं ।’

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved