‘जनताको काम गर्न कसैको आदेश पर्खिनु पर्दैन’ नेपालमा जल पर्यटनको प्रसस्त सम्भावना

  • चैत्र २७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / प्रहरी संगठनले जनताको काम गर्न कसैलाई पर्खिनु नपर्ने कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ वास्तालोले बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय निरीक्षणणका क्रममा उनले कार्यरत प्रहरीहरुलाई यस्तो निर्देशन दिएका थिए ।

उनले दिर्नेशनका क्रममा दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाएर अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम राख्न अहोरात्र खट्न कार्यरत प्रहरीहरुलाई निर्देशन दिए ।

उनले खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन समेत निर्देशन दिए ।

उनले प्रहरीले कुनै लोभलालचमा नपरी निस्वार्थ भावनाले जनताको काम गर्न, सवारी दुर्घटना न्युनिकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन समेत निर्देशन दिए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुराम ढकालले सुनसरी जिल्लाको समग्र बस्तुस्थितिका बारेमा निमित्त प्रदेश प्रहरी प्रमुख बास्तोलालाई जानकारी गराएका थिए ।

बेपत्ता श्रीमान २० व ...

मोरङ/ दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका ...

सेवा बिस्तार गर्दै च ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई ...

कमिसनको खेलले करोडौ ...

बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर ...

‘मेयर साम्पाङले हामी ...

धरान/ धरानको खानेपानी समस्या लगायत विविधि विषयमा ध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved