सुनसरीमा प्रहरीलाई देख्नेबित्तिकै सामान फालेर मोटरसाइकलसहित चालक फरार

  • कार्तिक १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको देवानगञ्जमा प्रहरीलाई देख्नेबित्तिकै भन्सार छली ल्याइएका सामान फालेर मोटरसाइकलसहित चालक फरार भएका छन्।

बिहीबार बिहान ९ बजे देवानगञ्ज गाउँपालिका–७ स्थित हुलाकी राजमार्गमा भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरी टोलीलाई देखेपछि सामान फालेर फरार भएका हुन्।

इलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट अन्दाजी ९८ हजार रुपैयाँ मूल्य बराबरका इलेक्ट्रोनिक्स तथा भान्सामा प्रयोग हुने सामान बरामद गरेको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिनगरामा राखिएको छ। फरार चालक र मोटरसाइकलको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

सुनसरीमा लागूऔषधको ठ ...

सुनसरी/ इटहरीमा डेराकोठाभित्र लुकाएर राखिएको हजारौँ क्य ...

धरानमा ९ लाख ८२ हजार ...

धरान/ सुनसरीको धरानस्थित तिनकुनेमा भन्सार छली गरेर ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगर सहित दुई ...

व्यापारीको हत्या: चो ...

विराटनगर/ विराटनगरमा ४० वर्षदेखि व्यापार गर्दै आएक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved