एसइइ परीक्षा मर्यादित "मोरङकको एक केन्द्रमा भेटिए ५२ जना नक्कली परीक्षार्थी"

  • चैत २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ मोरङको एक विद्यालयबाट एसईईको परीक्षा दिइरहेका ५२ जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको छ ।

मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटबाट एसइइको परीक्षा दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ गरिएको हो । यतिधेरै एउटै परीक्षा केन्द्रबाट नक्कली परिक्षार्थी पक्राउ गरेको शायद यो बर्षको पहिलो रेकड नै हुनुपर्छ ।

ग्रामथान गाउँपालिका २ झोराहाटमा रहेको सरस्वती नमुना माविको परीक्षा केन्द्रमा सामाजिक विषयको परीक्षा दिँदै गरेको अवस्थामा बुधबारे ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । उनले भने मोरङको परीक्षा केन्द्रबाट एउटै परीक्षा केन्द्रबाट यतिको संख्यामा नक्कली परीक्षार्थी भेटिएको यो बर्षको पहिलो रेकड हो, यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

उनले नक्कली परीक्षार्थी भेटिएपछि परीक्षा केन्द्रमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली पुगेको पुगको बताए । परीक्षा केन्द्रका केन्द्राध्यक्ष अशोक लुइटेलले ५२ जना नक्कली परीक्षार्थी सबै खुल्लातर्फका रहेको बताए । सरस्वतनी नमूना माविका प्रअ समेत रहेका लुइटेलले उनीहरुको विषयमा अनुसन्धान भइरहेको र कारबाही गरिने बताए ।

सरस्वती नमुना परीक्षा केन्द्रमा ८ वटा विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन् । सो केन्द्रमा विराटनगर १९ को युनि बोर्डिङ स्कुल र सार्वजानिक मावि रहेको भने ग्रामथानका गाउँपालिकाको सारदा बोर्डिङ स्कुल, जनक मेमोरियल, वीरेन्द्र मावि, बाढी मावि , टंकीसिनवारीको नरग्राम माविको २ सय ९१ जना विद्यार्थीहरुले यस केन्द्रमा परीक्षा दिइरहेका छन् ।

प्रवेशपत्रमा परीक्षा दिने विद्यार्थीको भन्दा फरक भएको आशंका भएपछि परीक्षार्थीको जन्म मिति सोध्दा उनीहरुले बताउन नसकेको केन्द्राध्यक्ष लुइटलले बताए उनले भने हामीलाई प्रवेश पत्रमा शंका लाग्यो, परीक्षा दिन आएका ती विद्यार्थीहरुलाई जन्म मिति सोध्दा बताउन सकेनन्, त्यहीबाट हामीले नक्कली परीक्षार्थी भएको पत्ता लगायौ ।’

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved