सङ्क्रमणकालीन अवस्थामा पनि लगानीमा व्यवसायी उत्सुक

  • चैत्र ८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / मुलुक आर्थिक सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको अवस्थामा व्यवसायीहरु भने लगानीको खोजीमा रहेका छन् ।
कोरोना सङ्क्रमणकालीन अवस्थापछि उद्योगी व्यवसायीहरु लगानी प्रवर्धन गर्ने कुरामा निरन्तर छलफलमा जुटेका छन् ।

सङ्क्रमणकालीन अवस्थामा राज्यबाट कुनै सहयोग प्राप्त नभए पनि लगानी गर्न उत्सुक छन् । अहिलेको विषम परिस्थितिमा चुनौति धेरै भएपनि सम्भावना भने अझै रहेको उनीहरुले छलफलका क्रममा बताएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघमा आयोजित ‘पर्यटनको सम्भावना, चुनौति एवम् धरानमा आउँदै गरेको लगानीलाई स्वागत’ विषयक कार्यशाला गोष्ठीमा सहभागी उद्योगी एवम् व्यवसायीहरुले सुरक्षा, सरकारको व्यवसायिक नीति स्पष्ट नहुदा नहुदै पनि व्यवसायीहरुले लगानी गर्न भने पछि नहेको बताएका थिए ।

धरानमा ५ तारे होटल सञ्चालनको तयारीमा रहेका देबेन्द्र बज्गाईले चुनौति हुदा हुँदै पनि धरान ४ छोटी मोरङमा पाचतारे होटल सञ्चालन गर्न लागेको बताए । उनले स्थानीय साधन स्रोतको पहिचान गरी विदेशी लगानी भित्र्याउनको लागि होटल सञ्चालन गर्न लागेको बताए ।

उनले ६ सय ४० करोडको लगानीमा पाँच तारे होटलसहितको टुरिस्ट भिलेज, २०२६ सम्ममा सन्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए ।
डिए इन्भेस्टमेन्ट प्रालि (डीएआई) को ५१ प्रतिशत लगानी र ४९ प्रतिशत हुन आउने २५ मिलियन अमेरिकी डलरको वैदेशिक लगानीमा टुरिस्ट भिलेज निर्माण हुन लागेको उनको भनाई छ ।

लामो समयदेखि जल पर्यटनमा सक्रिय रहेका विमलमान श्रेष्ठले व्यवसायमा सबैभन्दा ठूलो सुरक्षा चुनौति भएको बताए । लामो समयदेखि सप्तकोशी नदीमा जेट सञ्चालन गर्दै आएका श्रेष्ठले चुनौतिका वावजुद पनि निरन्तर सञ्चालन गरिरहेको जानकारी दिए ।

कार्यशाला गोष्ठीमा बोल्दै होटल व्यवसायी लोकेन्द्र श्रेष्ठले होटल व्यवसाय पर्यटनसँग सम्बन्धित व्यवसाय भएको बताउँदै अहिलेको अवस्थामा पर्यटक नै नआएको बताउदै होटल सञ्चालन गर्न कठिन भएको बताए ।

कार्यशाला गोष्ठीको आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले लगानी गर्ने वातावरण तयार पार्न सबैसँग छलफल सहकार्यका कामलाई अगाडि बढाइरहेको बताए । उनले ७ वटा विषयमा लगानीका लागि विज्ञ व्यक्तिबाट प्रोजेक्ट तयार गरिएको बताए ।

धरान उपमहानगरपालिकका मेयर हर्क साम्पाङले स्थानीय सरकार धरानको पर्यटन प्रवर्धनमा सक्रिय रहेको बताए । उनले उपमहानगरपालिकाले अन्य स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने योजना ल्याएको जानकारी दिए ।
राज्यको असहयोग, बंैंकको व्याजदरम वृद्धि, व्यवसायिक सून्यताका बाबजुद पनि उद्योगी व्यवसायीहरु सम्भावनाको खोजीमा जुटेका छन् । हरेक दृष्टिकोणले चुनौति भएपनि सबै मिलेर अगाडि बढे चुनौतिको सामना गर्न सकिने उनीहरुको निस्कर्ष थियो ।

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved