पहिचानको आन्दोलन सशक्त रुपमा उठ्दै "आक्रमणको प्रयास बढ्दो"

  • चैत ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आक्रमण प्रयास भएको भोलिपल्ट अर्थात मंगलबार नेकपा माओवादी केन्द्रका कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ ।

पार्टी जिल स्तरीय बैठकमा सहभागी हुन ताप्लेजुङको सदरमुकाम फुङलिङ पुगेका नेता आङ्बोमाथि एक समूहले आक्रमणको प्रयास गरेको भिडियो समेत सार्वजनिक भएको छ ।
सार्वजनिक भएको भिडियोमा भनिएको छ,

‘आङ्बोलाई प्रहरीले स्कटिङ गरेर लग्दै छ, यसलाई बाटो बाटो छेकेर यसको हत्या गर्ने लक्ष्य राखेर संघर्ष समिति अगाडि बढिरहेको छ, तपाईहरु जहाँ जहाँ रहनु भए पनि तैनाथ भएर आफ्नो चोक चेकमा बसिदिनु हामी हार्दिक अनुरोध गर्दछौं ।’

सार्वजनिक भएको भिडियोमा आक्रमणकारी आङ्बोको पछि पछि मोटर साइकलमा हिडेको दृश्य देख्न सकिन्न ।
आङ्बो चढेको् सवारी साधनमा समेत उनीहरुले क्षति पुर्‍याएका छन् ।

उनी चढेको सवारी साधनमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
भिडियोमा आक्रमणकारीले तथानाम गालीगलौज गर्दै सबैतिर ढुकेर आङ्बोको हत्या गर्ने लक्ष्य रहेको बताएका छन् । नेता आङबोको सवारी साधनलाई ढुकेर बसेका प्रदर्शनकारीले ढुंगा प्रहार गरेको आङ्कोका स्वकीय सचिव पुन मगरातीले जानकारी दिए ।

फागुन १७ गते प्रदेशको नाम कोशी राखिएसँगै पहिचानवादीहरु आक्रोसित बन्दै चरणबद्ध आन्दोलनमा होमिएका छन् । आइतबार पनि मुख्यमन्त्री हिक्मतकुमार कार्की चढेको गाडीमा ओखलढुंगामा यस्तै प्रकारकोआक्रमण प्रयास भएको थियो ।

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

१०औं बास्केटबल ट्याल ...

धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटब ...

कोशी पर्यटन वर्ष: घ ...

 इटहरी/ कोशी प्रदेश सरकारले प्रदेशको समृद्धि, ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved