इटहरी उपमहानगरले ७ लेन बाटोको अवरोध हटाउँदै

  • माघ १५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी / विराटनगरको रानीदेखि किमाथांकासम्म जोड्ने ६ लेन सडक अन्तर्गत इटहरी क्षेत्रमा राजमार्ग ओगटेर बनेका भौतिक संरचनाहरु इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ । इटहरी उपमहानगरपालिकाले शुक्रबारदेखि इटहरीको विराटनगर रोडस्थित दुईवटा घरहरुमा डोजर लगाएर भत्काउन शुरु गरेको हो । रानी विराटनगर जोगमनी किमाथांका ६ लेन राजमार्ग अन्तर्गत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तर्गत शुक्रबारदेखि इटहरीमा डोजर चलाउन थालिएको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले बताए ।

उनले यो कार्य अब यसलाई अभियानकै रुपमा अगाडि लैजाने उनले बताए । इटहरी क्षेत्र भएर दैनिक यात्रु तथा सर्वसाधारण आवातजावत गर्ने हुँदा आसपासका संरचनाले सडक साँघुरो हुनुको साथै ६ लेन सडक निर्माण परियोजनाले पनि पूर्णता पाउन सकेको थिएन ।

सडक आसपासका संरचना हटाइँदा आवागमन सहज हुनेमात्र हैन, नगरको सुन्दरता समे बढ्ने स्थानीको भनाई छ । उपमहानगरपालिकाले विराटनगर लाइनमा रहेको सरोज चौधरीले बनाएको एकतले पक्की भवनमा डोजर चलाएर अभियानको शुरुवात गरेको बताइएको छ । पटक पटक सूचना जारी गर्दा पनि घरधनी तथा व्यापारी व्यवसायीहरुले अटेर गर्दै आएपछि शुक्रबार अचानक डोजर चल्न थालेपछि केही समय विवाद भएको थियो ।

इटहरीका राजनीतिक दल, प्रहरी प्रशासन लगायत सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घरहरु हटाउने निर्णय स्वरुप शुक्रबारबाट अभियान थालिएको जनाइएको छ । सडक परियोजना अन्तर्गत ५५ फुट कायम हुने गरी शुक्रबारदेखि शुरु गरेर यसलाई निरन्तर काम शुरु हुने पनि उपमहानगरले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved