पूर्व वडाध्यक्ष लिम्बु फरार

  • माघ ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / अँधेरी खोलाको एक घर भत्काउने क्रममा धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले आफूमाथि अभद्र व्यवहारसँगै घरमै गएर आक्रमण गरेको विषयमा उजुरी दिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर आरोपित सबै फरार रहेको धरान प्रहरीले जनाएको छ ।

अनधिकृत रुपमा बनाइएको संरचना भत्काउने क्रममा वडाध्यक्ष लिम्बु घरमा नभएको समयमा घरका सदस्यमाथि कुटपिट गरेको विषयलाई लिएर आइतबारै वडाध्यक्षले इलाका प्रहरी कार्यालय धरानमा सुरक्षाको माग गर्दै धाकधम्की दिनेलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए ।

पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुसहित एक दर्जन विरुद्ध वडाध्यक्ष मनप्रसादले उजुरी दिएका थिए । सामेल भएका सबैलाई पक्राउ पुर्जी जारी भएको डिएपी श्रेष्ठले बताए । उनले भने–‘ जाहेरीमा नाम उल्लेख भएका सबैविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

आरोपित सबै फरार रहेको छन् । उनीहरुको खोजी कार्य प्रहरीले गरिरहेको छ ।’
पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मीले अगुवाईमा वडाअध्यक्ष घरमा नभएको बेला ठूलो समूह नै वडाध्यक्षको घरमा पुगेर वडाका सहयोगी कर्मचारी राजन राई, वडाअध्यक्षका छोरा दिपेनलगायतलाई कुटपिट गरेका भन्दै वडाध्यक्ष मनप्रसाद लिम्बुले इलाकामा किटानी जाहेरी दिएका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved