पिण्डेश्वर विद्यापीठमा सरस्वती मन्दिरको उद्घाटन

  • माघ १०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/प्रदेश १ कै संस्कृत उच्चशिक्षाको केन्द्रका रुपमा रहेको धरान उपमहानगरपालिक वडा नं. १४ को विजयपुरमा अवस्थित श्री पिण्डेश्वर विद्यापीठ परिसरमा नवनिर्मित सरस्वती मन्दिर माघ ९ विहानको शुभमुहूर्तमा वैदिक विधिअनुसार पूजा आराधना र प्राणप्रतिष्ठा गरी समुद्घाटन गरिएको छ ।

विद्यापीठ परिवारको अगुवाइमा धरान नगरपालिका तथा विभिन्न दाता महानुभावहरुको सहयोगमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मन्दिर निर्माण गरी प्राणप्रतिष्ठा गर्ने कार्य सम्पन्न गरिएको हो । गतसाल २०७८ मा सरस्वती पूजाका दिन धरान उपमहानगरका तत्कालीन मेयर श्री तिलक राईद्वारा शिलान्यास गरी निर्माण सुरु गरिएको थियो । यही माघ ९ गतेका दिन पिण्डेश्वर विद्यापीठमा आयोजित प्राणप्रतिष्ठा तथा दाताहरुको सम्मानमा आयोजित कार्यक्रमका बीच धरान उपममहानगरपालिका वडा नं १४ का वडाध्यक्ष श्री कृष्णप्रसाद भट्टराईले मन्दिरको उद्घाटन गरेका थिए ।

उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्नुहुने दाता महानुभावहरुलाई सम्मान पत्र प्रदान गरी सम्मानित गरिएको थियो । मन्दिर निर्माणमा धरान उपमहानगरपालिका, धरान उपमहानगरपालिका १४ नं.वडा कार्यालय, प्रा.डा. टंकप्रसाद न्यौपाने, रम्भादेवी कर्माचार्य, सरला कायस्थ, पितरुमल अग्रवाल, प्रा.नारायणदत्त पौडेल, विद्यापीठका पूर्वविद्यार्थीहरु लगायत विभिन्न संघसंस्था, व्यवसायी र समाजसेवी महानुभावहरुको सहयोग रहेको थियो । मन्दिरमा राखिएको सरस्वतीको मूर्ति विद्यापीठका पूर्वविद्यार्थी फणीन्द्र तिम्सिनाले तथा गणेशको मूर्ति देवेन्द्र पौडेलले एवम् हनुमानको मूर्ति गजानन्द दीक्षितले सहयोग स्वरुप उपलब्ध गराएका थिए । विभिन्न दाताहरुले मन्दिरको गजूर, कलात्मक ढोका, घण्ट, पूजाका सामग्री आदि पनि सहयोग गरेका थिए ।

2 2

उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै खतिवडाले विद्यापीठको भैतिक र शैक्षिक उन्नयनमा आफ्नो सदैव सहयोग रहने बताउँदै दातको सहयोगमा मन्दिरको निर्माण सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि वडा नं.१४ का वडाध्यक्ष श्री कृष्णप्रसाद भट्टराईले विद्यापीठको चौतर्फी विकासमा वडा कार्यालयको सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । ने.सं.वि. योजना महाशाखा प्रमुख श्री सुरजकुमार लामाले विद्यापीठको भौतिक तथा शैक्षिक उन्नयनमा सहयोग रहने बताउँदै शुभकामना दिए । कार्यक्रमको सभापतित्व विद्यापीठका प्रचार्य काशीनाथ पौडेलले गरेका थिए भने भेषबहादुर निरौलाले स्वागत मन्तव्य व्यक्त गर्दै अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सहप्रा.डा. गुरुप्रसाद कोइरालाले गरेका थिए ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved