प्रदेश १ मा मन्त्रीहरुद्वारा पदभार ग्रहण

  • माघ १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / प्रदेश १ का मन्त्रीहरुले दुई हप्तापछि मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । मन्त्री विस्तार भएको १५ दिनपछि मन्त्रीहरुले मन्त्रालयमै पुगेर आ–आफ्नो जिम्मा लिएका छन् ।
प्रदेश १ मा संसदीय दलका नेता चुनिएपछि संसदीय दलका नेता बनेका हिक्मत कार्की मुख्यमन्त्री भएका थिए ।

उनले दुई पटक गरेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनले पुस २५ गते पहिलो चरणमा ३ जना र पुस ३० गते दोस्रो चरणमा पनि ३ जना नै नियुक्त गरेर मन्त्रालयलाई पूर्णता दिएका थिए ।

नियुक्त भएका मन्त्रीहरुको शुक्रबार मुख्यमन्त्री कार्कीले मन्त्रालयको बाँडफाँड गरेका थिए । बाँडफाँडका क्रममा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय, माओवादी केन्द्रका दुर्गा चापागाईँले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, माओवादी केन्द्रका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, एमालेका बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।प्रदेशले १३ मन्त्रालयलाई घटाएर नौ मन्त्रालयमा झारेको छ ।

अब प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेको छ ।

अब यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय खारेज गरिएको छ । मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved