गैँडा संरक्षणमा विशेष ध्यान देऊ

  • माघ १०, २०७९
  • कोशीपत्र/संवाददाता
alt

लोपोन्मुख प्राणीको रूपमा सूचीकृत जनावरको संरक्षण गर्नु राज्यको मात्र होइन, सर्वसाधारण सबैको दायित्व हो । विश्वमै लोप हुने अवस्थामा रहेका जनावरहरूलाई लोपोन्मुख प्राणीको रूपमा सूचीकृत गर्ने गरिन्छ । एकसिङ्गे गैँडा पनि यस्तै जीव हो । पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा एकसिङ्गे गैँडा छन् । यीमध्ये छ सय ९४ वटा चितवन राष्ट्रिय निकुञ्जमै छन् । यिनको संरक्षण गर्नु सबैको दायित्व हो । दसवर्षे सशस्त्र द्वन्द्वकालमा तस्करीका लागि एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए । 

द्वन्द्व समाप्त भएपछि गैँडा संरक्षणमा विशेष प्रयास गर्न थालिएको थियो । त्यही प्रयासस्वरूप पछिल्ला वर्षमा चोरी शिकार नियन्त्रण हुँदै शून्यमा झरेको थियो तर चोरी शिकार पुनः सुरु भएको छ । यो निकै चिन्ताको विषय हो । २०७८ को साउन महिनापछि चोरी शिकारीका कारण निकुञ्जमा गैँडा मरेका थिएनन् । अहिले फेरि तस्करहरू सक्रिय हुन थालेका छन् । चोरी शिकार गर्नेहरूले यही माघ ६ गते गैँडा मारेपछि सबैका लागि चिन्ताको विषय बनेको हो । एकसिङ्गे गैँडा विश्वमै दुर्लभ मानिन्छ । यस्तो दुर्लभ जीवको संरक्षण आवश्यक छ । चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडाकै कारण परिचित छ । यसैलाई हेर्न भनेर लाखौँ पर्यटकहरू यहाँ आउने गर्छन् ।  

बहुमूल्य खागका लागि तस्करहरूले गैँडा मार्ने गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा खाग निकै महङ्गो मूल्यमा बिक्री हुने गरेको बताइन्छ । कतिपय शक्तिवद्र्धक औषधीमा यसको प्रयोग गरिने बताइन्छ । निकुञ्जमा तस्करहरूले पुनः गैँडा मार्न थालेपछि संरक्षणमा उच्च सतर्कता अपनाउनु आवश्यक छ । त्यसो त निकुञ्जमा नियमित रूपमा गस्ती गर्ने गरिन्छ तर अब थप प्रभावकारी बनाउनु आवश्यक छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रका २२ वटा उपभोक्ता समितिअन्तर्गत चोरी शिकार नियन्त्रण इकाइ छन् । यी इकाइलाई प्रभावकारी रूपले सक्रिय बनाउनु आवश्यक छ । चोरी शिकार नियन्त्रणका लागि जनचेतना फैलाउनु पनि वाञ्छनीय देखिन्छ । 

निकुञ्ज वरपरका स्थानीयमा पनि जनचेतना पैmलाउनु आवश्यक छ । स्थानीयको साथ र सहयोगविना गैँडा संरक्षण सहज नहुने भएकाले उनीहरूको साथ खोजिनुपर्छ । गैँडा तस्करीको विषयमा अनुसन्धान पनि गरिनुपर्छ । तस्करहरूको जालो कहाँदेखि कहाँसम्म फैलिएको छ र खाग कहाँ पुग्छ भन्ने विषयमा गहिरो अध्ययन गरिनुपर्छ । यसका साथै गैँडा संरक्षणसँग जोडिएका सरोकारवाला निकायहरूबीच छलफल गरेर संरक्षणका प्रयास गरिनुपर्छ । सचेतना फैलाउँदै सूचना संयन्त्रलाई पनि प्रभावकारी बनाउनुपर्छ । 

 

 

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved