स्थानीय

    Showing 501-510 of 5,190 items.
  • बीपीमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब उद्घाटन, नर्सिङ शिक्षामा नयाँ फड्को

    धरान/ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अन्तर्गत रहेको कलेज अफ नर्सिङमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब उद्घाटन गरिएको छ। नर्सिङ शिक्षालाई अझ व्यवहारिक, प्रभावकारी तथा गुणस्तरीय बनाउने उद्देश्यले स्थापना गरिएको उक्त ल्याबको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले रिबन काटेर गर्नुभएको हो। उद्घाटन कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला, शैक्षिक डीन प्रा.डा. अनुप घिमिरे, परीक्षा डीन प्रा.डा. अन्जु प्रधान, कलेज अफ नर्सिङका चिफ प्रा. रमानन्द चौधरी, मेट्रोन कला थापा, विभागीय प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 270 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–काकडभिट्टा रुटको बसमा आगलागी

    धरान/  धरान–काकडभिट्टा रुटमा सञ्चालन हुने एक यात्रुवाहक बसमा आगलागी हुँदा ग्यारेजमा पार्किङ गरी राखिएका अन्य बसहरूमा समेत क्षति पुगेको छ। मंगलबार राति करिब ९ः४० बजे अटल ग्यारेजमा राखिएको बसमा अचानक आगो लागेपछि घटना भएको हो। प्रहरीका अनुसार आगलागी बसधनी कृष्ण बुढाथोकीको को १ ख ६२७४ नम्बरको बसबाट सुरु भएको थियो। आगो फैलिँदा ग्यारेजमा राखिएका प्र १–०१–००१ ख ४०३७, को १ ख ३८४७ र बा ४ ख ५७५९ नम्बरका बसमा पनि आंशिक क्षति पुगेको छ। बसधनी बुढाथोकीले बस ग्यारेजमा राखेर घर फर्किएको केही समयमै आगलागी भएको खबर पाएपछि तत्काल घटनास्थल पुगेको बताए। “बस राखेर घर गएको थिएँ,

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 475 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका युवकसहित तीन जना ब्राउन सुगरसहित पक्राउ

    धरान/ सुनसरीमा लागू औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरानका एक युवक समेत रहेका छन्। प्रहरीका अनुसार मिति २०८२ फागुन २५ गते बिहान करिब १० बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्प क्षेत्रमा शंकास्पद अवस्थामा बसेका धरान उपमहानगरपालिका–२० का ३३ वर्षीय अर्जुन राईलाई जाँच गर्दा उनको साथबाट १.४ ग्राम ब्राउन सुगर  फेला परेको थियो। प्रहरीले उनलाई उक्त लागू औषधसहित नियन्त्रणमा लिएको छ। त्यसै दिन बेलुका करिब ६:२० बजे इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी पोष्ट बसपार्क इ

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्रेन ट्युमरसँग लड्दै धरानका १७ वर्षीय फुटबल खेलाडी

    धरान/ सुनसरीको धरान–६ पानबारीका १७ वर्षीय फुटबल खेलाडी गणेश लिम्बु अहिले ब्रेन ट्युमरसँग जुधिरहेका छन्। उनी हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत छन्। बाथरुम जाँदा अचानक अचेत भएर ढलेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको हो। आर्थिक अभावका कारण सुरुमा उनलाई अस्पताल लैजान नसकिएको परिवारले जनाएको छ। घटनाको तीन दिनपछि पानबारी फुटबल क्लबका अध्यक्ष भूपाल राई बिरामीको अवस्था बुझ्न लिम्बुको दिदीको घर पुगेपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। त्यहाँ केही दिन उपचार गरेपछि थप उपचार सम्भव नभएपछि उनलाई काठमाडौंको वीर अस्पताल पठाइएको अध्यक्ष राईले

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 887 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाका समस्या संसद्मा उठाउने राईको प्रतिबद्धता

    धनकुटा/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले धनकुटाका प्रमुख समस्या समाधानका लागि संसद्मा सक्रिय पहल गर्ने बताएका छन्। धनकुटामा आयोजित पत्रकार सम्मेलनमा उनले किसानलाई प्रत्यक्ष असर पारिरहेको बाँदर आतङ्क नियन्त्रणको विषयलाई संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गरे। यसका लागि आवश्यक नीतिगत व्यवस्था र कार्यक्रम ल्याउन आफूले पहल गर्ने उनले बताए। राईले विवादास्पद मानिएको गाँजा खेतीलाई वैधानिकता दिने विषयमा कानुन संशोधनका लागि पनि पहल गर्ने उल्लेख गरे। यसले ग्रामीण अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ छ। त्यसैगरी कोशी राजमार्गअन्तर्गत भे

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 284 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पानबारीमा पर्यटन प्रबद्र्धनका लागि ‘पानबारी पार्क’ निर्माण सुरु

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पानबारी सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पानबारी पार्क निर्माण कार्य सुरु गरिएको छ। पानबारी सामुदायिक वन उपभोक्ता समितिको कार्यालय परिसरमै पार्क निर्माणको काम अघि बढाइएको हो। धरान आधुनिक शहरतर्फ उन्मुख भइरहेका बेला पानबारी क्षेत्रलाई पनि आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित योजना सुरु गरिएको समितिका अध्यक्ष भुपाल राईले जानकारी दिए। उनका अनुसार पार्क निर्माण भएपछि यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ। पार्क निर्माणका लागि कोशी प्रदेश सरकार र धरान उपमहानगरपालि

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 690 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनोज भट्टराईले दिए मतदातालाई धन्यवाद

    धरान/सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चौथो स्थानमा रहे पनि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज भट्टराईले हारलाई सम्मानपूर्वक स्वीकार गर्दै मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्। मतगणना सकिएलगत्तै पत्रकार सम्मेलन आयोजना गर्दै भट्टराईले आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताप्रति कृतज्ञता व्यक्त गरेका हुन्। प्रतिकूल परिस्थितिका बाबजुद पनि आफूलाई साथ दिने ६ हजारभन्दा बढी मतदाताको समर्थनलाई उनले आफ्नो राजनीतिक सम्पत्ति भएको बताएका छन्। निर्वाचनमा भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “हामीले पाएको मत संख्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 354 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी–१ मा हर्क साम्पाङको शानदार जित

    धरान/प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गर्दै शानदार विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत ल्याइन्। राईले तामाङलाई ८ हजार ४९२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। त्यस्तै नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ३३१ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईले ६ हजार २५८ मत ल्याएका छन्। अन्य उम्मेदवारमध्ये नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 341 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भगबती चौधरीको मतदातालाई मर्मस्पर्षी पत्र

    नेकपा एमाले सुनसरी ३ की उम्मेदवार भगबती चौधरीले मौनअबधि सुरु हुन लाग्दा मतदातालाई मर्मस्पर्षी पत्र लेख्नुभएको छ । घरदैलो अभियानका क्रममा सबैतिर पुग्न खोजेको तर समयअभाबले सबैतिर पुग्न नसकेको क्षमा सहित पत्र लेख्नुभएको हो । आफू सदैब सुनसरी ३ कै जनताको सुख,दुःखमा रहेको उल्लेख गर्नुभएको छ ।उहाँले आफनो जीवननै सुनसरी ३ का लागि समर्पित भएकाले सूर्यमा मतदान गरेर सुनसरी क्षेत्र नम्बर ३ बनाउने अभियानमा हातमा हात साथमा साथ मिलाउन आग्रह गर्नुभएको छ । उहाँले पछिल्लो तीन वर्षमा हाम्रो क्षेत्रमा १ अर्ब २३ करोड बराबरका विकास योजनाहरू ल्याएको जनाउदै धेरै योजना सम्पन्न भएका र अधुरा कामहरूलाई पूर्णता दिनु आफनो प

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 295 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेकपा एमालेको सुनसरी १ मा वृहत मोटरसाइकल र्याली

    धरान/ नेकपा(एमाले) सूर्य ध्वजावहाक उम्मेदवार टिकाराम लिम्बूलाई जिताउन चुनाव प्रचारको अन्तिम दिन सोमबार नेकपा एमाले सुनसरी १ ले वृहत मोटरसाइकल र्याली निकालेको छ ।  निर्वाचन परिचालन कमिटीकी संयोजक मञ्जु भण्डारीको अगुवाईमा सुनसरी १ का २७ वटै वडाहरुमा र्याली निकालेको हो ।  बराह क्षेत्र र रामधुनीमा छुट्टै र्याली निकालिएको थियो । र्यालीलाई स्थानीयलृ उत्साहका साथ स्वागत गरेका थिए । मोटरसाइकल र्याली व्यवस्थापन समितिका संयोजक भीमज्वाला राईका अनुसार  नयाँ बसपार्क धरान ८ बाट लांघाली चोक, शहिद मार्ग, महादेव चोक, स्कुलडाँडा, माथिल्लाृे पानबारी तल्लो देउराली, बीच देउरालीहुँदै बगरकोट, सदनस्

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 377 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved