इटहरी/ खोलाको जग्गा मिचेर घर बनाएको भन्दै स्थानीयलाइ कार्यकक्षमा थुनेर बिवादमा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीलाइ कांग्रेसका कार्यकर्ताहरुले कार्यालय प्रवेशमै रोक लगाएका छन् । असोभनिय हर्कत सुधार्न नेपाली कांग्रेस इटहरीले सुझाव दिदै बिहीबार उपमहानगर अघि दर्जनौ संख्यामा भेला भएका कांग्रेसका कार्यकर्ताहरूले मेयर बिरूद्ध आन्दोलनको घोषणा समेत गरेका छन् । कांग्रेसका कार्यकर्ताहरुले मेयर चौधरीले सार्वजनिक रुपमा माफि नमागे सम्म कार्यकक्षमा प्रवेश गर्न नदिने अडान लिएका छन् । कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा सार्वजनिक जग्गा खोजि गर्ने भन्दै स्थानीय नागरिकलाइ अनावश्यक दुख दिएको कांग
धरान/ असार १ गते देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा शिक्षक, कर्मचारीले उठाउँदै आएको उपकुलपति डा. ज्ञानेन्द्र गिरीको प्राज्ञिकता माथिनै प्रश्न उठाएका थिए । आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्रीले प्राज्ञिकताको प्रमाणपत्र बुझाउन एक साताको समय दिएका थिए ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आन्दोलनरतपक्षले उठाउदै आएको प्राज्ञिताकाको सवालमा सातदिन भित्र स्पष्ट कागजातसहित बुझाउन निर्देशन दिए पनि उनले प्राज्ञिताको प्रमाणपत्र बुझाउन सकेका छैनन् । सातदिनको समयसीमा मंगलबार सिद्धिएको छ । उनको प्राज्ञिकताको विषयमा नै प्रश्नचिन्ह लाग
धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्टारको रुपमा प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्ति भएर आए पछि तत्कालिन फ्याकल्टी वेलफेयरका अध्यक्ष डा. विष्णु पोखरेलले उनलाई स्वागत गर्दै भनेका थिए, अब वीपी साच्चै नै विश्वभरी चम्कीएर जान्छ, कि पुरै भासिएर जान्छ । पोखरेलले भने जस्तै वीपी विश्वभरी चम्कीएर त गएन तर दिनानुदिन भासिदै चै जादैछ । प्रतिष्ठानकै उत्पादन रहेको रजिष्टार रेग्मी अनियमितता र भ्रष्टाचारमा मुछिदै गए । त्यती मात्रै होइन् । घरायसी सामान खरिद गर्न पनि प्रतिष्ठानबाटै खर्च गराएका छन् । रजिष्टार भएर आए लगत्तै उनको क्वार्टरमा लाखौं रुपैया खर्च गरेर टायल लगाउन लाए । क्वा
धरान । दशक अघि सम्म पानवारी मन्सुली चामल उत्कृष्ठ ब्राण्ड बनेको थियो । तत्कालिन अवश्थामा साविकको पाँचकन्या गाविसको पानवारीमा उत्पादन हुने पानवारी मन्सुली चामल धरान मात्रै होईन, पुर्वका झापा, मोरङमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समय प्लटिङका कारण खेतियोग्य जमिन मासिदै गए पछि अन्य ठाउँमा उत्पादन हुने चामललाई पानवारी मन्सुली भनेर ब्राण्डिङ गरी बिक्रि हुने गरेको छ । हालको धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानवारी क्षेत्र धान उब्जनी हुने मुख्य कृषि क्षेत्र हो । पानवारी मुलुककै दोस्रो कृषि उर्वरभूमि भनेर कृषि मन्त्रालयले सुचिकृत गरेको क्षेत्र हो । पहाडबाट बगेर आएको पानी र बलौटे माटोमा उत्प
धनकुटा । धनकुटा स्थित महालक्ष्मी नगरपालीका ९ मुर्तिढुङगाका युवा चेतबहादुर भण्डारीले आफ्नो ३२ औ जन्मदिन मुलघाट स्थित विश्रान्ति मन्दिरमा रहेको बृद्धाआश्रममा मनाएका छन् । शुक्रबार आफ्नो जन्मदीनको अवसर पारेर उनले मुलघाट स्थित आश्रममा खाद्यन्न ,खाजा तथा आर्थिक सहयोग गरेर मनाएका हुन । मन्दिर ब्यबस्थापन समितीले भण्डारीलाई जन्मदीनको अवसर पारेर गर्नु भएको सहयोग प्रति आभारी प्रकट गरेको छ । आश्रमको विकासका लागि गर्नु भएको सहयोगले आफुहरुको अभियानलाई सहयोग पुगेको आश्रमले जनाएको छ । भण्डारीले समाजमा जन्मदिन मनाउने नाममा बढ्दै गएको भड्कीलो संस्कारलाई आफ्नो तर्फबाट निरुत्साहित गर्न आश्रममा मनाउने निर्णय गर
धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरणको माग राखी विगत एक महिना भन्दा लामो समयदेखि आन्दोलनमा उत्रिएका संयुक्त सघर्ष समितिले नवनियुक्ति प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका छन् । उनीहरुले चिकित्सक, विद्यार्थी, कर्मचारी लगायतसंग पटक पटक गरेका सहमति कार्यान्वयन गर्न नसकी आफ्ना पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै उनीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । उनीहरुले चारजना पदाधिकारीको राजीनामासहित अन्य सुद्धिकरणका १२ बुदे मागसहित नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । समितिमा आफूहरुको प्रतिनिधित्व
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनलाई समर्थन जनाउन शिक्षा, स्वास्थ्य सुधारमा माग राखी पटक पटक अनसनमा बस्नु भएका प्रा.डा. गोविन्द केसी धरान आएर आन्दोलनकारीरुलाई समर्थन जनाएका छन् । एक महिना भन्दा लामो समयदेखि प्रतिष्ठानमा भएको भ्रष्टाचार, व्यथिति, पदाधिकारीहरुले गरेका मनोमालिन्य कामहरुको विरुद्धमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, वेलफेयर सोसाइटी, विद्यार्थी लगायतले संयुक्त आन्दोलन संघर्ष समिति नै गठन गरेर पदाधिकारीको राजीनामासहित १२ बुदे माग राखी आन्दोलनमा उत्रिएका उनीहरुको समर्थनमा केसीले यस अगाडि नै प्रेस विज्ञप्तीमार्फत समर्थन जनाएका थिए । तर बुधबार प्र
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धिकरण अभियानमा २८ दिन देखि आन्दोलनरत संयुक्त संघर्ष समितीले धरानका वडाअध्यक्षहरु सँग छलफल गरेको छ । समितीले मंगलबार आन्दोलनको विषयमा वडाअध्यक्षहरुको धारणा बुझ्न छलफल गरेको हो । २० वटै वडाका वडाअध्यक्षहरुलाई बोलाए पनि ३ वटा वडाका अध्यक्षहरु मात्रै उपस्थित भएका थिए । सहभागि वडाअध्यक्षहरुले प्रतिष्ठानमा विगत चार हप्तादेखि जारी आन्दोलनलाई समर्थन जनाउँदै सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतिष्ठानलाई सुधार गर्न आवश्यक रहेको बताउँदै सहभागि वडाअध्यक्षहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको समितीका सदस्य तथा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उ
धरान । तत्कालीन ब्रिटिश घोपा क्याम्प पोखरामा सारिएपछि मृत शहर बन्दै गएको धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएपछि ब्युतिएको थियो । २५ वर्ष अघिदेखि प्रतिष्ठानको स्थापनासँगै धरानले पनि आर्थिक रुप फेर्दै गएको हो । स्वास्थ्य सेवासँगै चिकित्सा अध्ययनकालागि स्थापना गरिएको प्रतिष्ठानमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गएपछि सबैभन्दा ठूलो प्रभाव पनि धरानलाई नै परेको छ । विगत १० वर्ष देखि लथालिङ्ग बनेको प्रतिष्ठान अहिले आर्थिक भार सहित सेवा सुविधा नै खस्किन थालेको छ । धरानमा प्रतिष्ठान स्थापनाकोलागि धराने जनताको आन्दोलन जति उचाइँमा थियो, प्रतिष्ठान स्थापना भएपछि बढ्दै
धरानः धरान उपमहानगरपालिकाको नवौं नगरसभा शनिबार पुनः बस्ने गरी स्थगित भएको छ । शुक्रबार सुनसरी उद्योग वाणिज्यसंघको सभाहलमा आगामी आर्थिक वर्ष २०७८÷७९को निति तथा कार्यक्रम र अर्थिक विधेयक पारित भएसगैँ शनिवार पुनः बस्ने गरी बैठक स्थगित भएको हो । उपमहानगरपालिकाको सुचना अधिकृत तथा राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाका अनुसार शनिवार हुने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने भएको छ । उनका अनुसार नीती तथा कार्याक्रम, अर्थिक विधेयक र विनियोजन विधेयकमाथि केही नगरसभा सदस्यहरुले आफ्नो कुरा राखेका थिए भने नगर उप प्रमुख मञ्जु भण्डारीले उठेका प्रश्नहरुको विषयमा प्रस्ट पारेकी थिइन् । असार १० ग