एमाले र जसपाका साझा उम्मेद्वारलाई वडाध्यक्षको शुभकामना

  • कार्तिक २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमाले र जनता समाजवादी नेपालका साझा उम्मेदवारहरुलाई धरान–१८का जनप्रतिनिधीले जितको शुभकामना दिएका छन् ।
मसिर ४ गतेको चुनावको लागि घरदैलो अभियानमा रहेको उम्मेदवारहरुलाई मतदाताहरुको शुभकामना र बधाई सँग –सँगै जनप्रतिनिधीहरुले पनि वडा– वडामा वधाई तथा शुभकामना दिएका छन् ।
मंगलबार धरानको वडा नम्बर १८ मा साझा उम्मेदवार अशोक राई र विजय राई सहित नेता तथा कार्यकर्ता मत माग्न घरदैलो अभियानमा थिए ।

धरान –१८ को रत्न चौकमा पुगेका उम्मेदवार कोण सभाको तयारी रहेका वेला वडा नम्बर १८ का वडाध्यक्ष प्रवीन कुमार राई कोण सभा स्थलमा नै पुगेर जितको शुभकामना दिएका हुन् ।,‘जितेर जानुस्, धरानको लागि विकास अनि सम्वृद्धिको पाटोमा उदाहरणीय काम गरेर देखाउनुस जनता सदैव विकासप्रेमीको पक्षमा छन ।’–वडाध्यक्ष राईले भने ।
धरान वडा नम्बर –१८ का मतदाता पनि उम्मेदवारलाई आगामी मंसिर ४ गतेको चुनावमा एमाले र जसपाको साझा उम्मेदवारलाई भोट हालेर जिताउन आतुर देखिएका छन् । घरदैलोमा रहेको उम्मेदवारसँग वडाको विकास र समग्र धरानको विकासको लागि आसाको केन्द्र भएको भन्दै शुभकामना दिए । वडा नम्बर १८ का कुमार राईले धरानको खानेपानी समस्या दीर्घकालिन समस्या भएकाले पुरा गर्नका लागि आग्रह गरेका छन् ।

315523480_472524288312187_9193185276420515768_n

कोण सभामा वोल्दै सुनसरी क्षेत्र नम्बर १ का संघीय उम्मेदवार अशोककुमार राईले चुनाव जितेर गएपछि स्मरणीय काम गर्ने प्रतिवद्धता जनाएका छन् । “म धरान निवासी भईसकेको छु, मेरो जीवन धरानसँग लामो संम्बन्ध रहेको छ, त्यसैले धरानको विकास गर्न म धरानवासी भएर चुनाव लड्दैछु, त्यसैले मंसिर ४ गते छाता र सूर्यमा मतदान आम मतदाताहरुमा आग्रह गर्दछु ।” उनले भने ।

उम्मेदवार राईले वडा नम्बर १८ मा रहेको प्रतिष्ठित गहना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई थप प्रभावकारी वनाउन स्तर उन्नती गरेर सेवालाई अझै गुणस्तरीय वनाउने पनि प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भयो –‘धरानको समस्या खानपानी समस्या हो, यसको समाधान गर्न पनि मेरो उम्मेदवारी हो, यहाँका नगरपिताले जुन कुरा खानेपानी पानी समस्या समाधानको प्रयत्न गर्दै हुनु हुन्छ, म थप त्यसका लागि कोशीको पानी खुवाउन प्रतिवद्ध छु ।’
कोण सभामा निवर्तमान प्रतिनिधी सभखभ सदस्य जयकुमार राईले मंसिर ४ पछि स्थायी सरकार बनाउन एमाले –जसपा तालमेल आवश्यक भएको बताउनु भएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved