वराहक्षेत्र/ आज पौष कृष्ण औँसीका अर्थात तीर्थ श्राद्ध सुनसरीको वराहक्षेत्र मन्दिरमा स्थित कोकाहा कौशीकीको संगममा श्राद्ध गर्नहरुको भिड लागेको छ । दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि अनुसार हरेक पौषे औँसीका दिन वराहक्षेत्र स्थित कोकाहा कौशीकीको संगममा श्राद्ध गर्नेहरूको ठुलो भिड लाग्ने गर्दछ । बुधवार देखिनै कोकाहा कौशीकीको संगममा श्राद्ध मेला समेत आयोजना भएकोले मन्दिर परिसरमा भक्तजन पुगेर बास बसेका थिए । बुधबार बिहानदेखिनै भक्तजन आउन थालेको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । पितृलाई कृष्
विराटनगर/ नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारले गुण र दोषको आधारमा आलोचना हुने बताएका छन् । कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्कीले अहिले नै सरकारको कामको आलोचना गरिहाल्नु पर्ने अवस्था आई नसकेको बताए । ‘सरकारको आलोचना गरिरहनु पर्ने अवस्था आई सकेको छैन, उनले भने, एक सय दिन पुरा गरेपछि मात्र सरकारको गुण र दोषको आधारमा सरकारको आलोचना हुनेछ ।’ उनले दोस्रो प्रदेश सभाको एक वर्ष पुरा भएको स्मरण गराउँदै यो एक वर्षमा प्रदेश सभाले ५ मुख्यमन्त्री र २ सभामुख पाएको समेत स्पष्ट पार्दै यस्तो अवस्थामा पनि धेरै कामहरू सभाले गर्न नसकेको बताए । गत वर्
धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत शिक्षक कल्याण समाज, विद्यार्थी कल्याण समाज र कर्मचारी कल्याण समाजले बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने भन्दै संयुक्त आन्दोलन शुरु गरेका छन् । उनीहरुले विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै कार्डियोलोजी विभागमा तालाबन्दी समेत गरेका छन् । विगतमा बढुवा प्रक्रियाको सुचारुको माग गर्दै शिक्षक कल्याण समाज मात्र आन्दोलित थियो । आन्दोलनकै क्रममा प्रतिष्ठानको व्यवस्थापन पक्ष संग पौष २ देखि १५ गतेसम्ममा रोकिएको बढुवा प्रक्रियालाई निरन्ता दिने सहमति अनुरुप आन्दोलन स्थगित गरेका थिए । तर यतिका दिन वित्तिसक्दा पनि मागको कुनै सु
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरु पुनः आन्दोलित भएका छन् । गत कार्तिक २० गतेको सहमति अनुसार प्रमोसनको अन्तर्वार्ता सुचारू नभए पछि शिक्षक चिकित्सकहरु आजदेखी पुनः आन्दोलित भएका हुन् । शिक्षक कल्याण समाजको अगुवाइमा मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडी घेराउ गरेका छन् । बुधबार (आज) पनि बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडि घेराउ गर्ने समाजका अध्यक्ष डा.सेराज अहमद खानले जानकारी दिए । यसैगरी, ४८ घण्टाभित्र पनि अन्तर्वार्ताको तालिका प्रकाशित नभए पुष २६ गतेदेखि विगतमा स्थगित पठनपाठन र परिक्षाका बहिष्कार लगायत पुर्ववत आन
धरान/ नीजि क्षेत्रलाई राज्यले उपेक्षा गरेको उद्योगी तथा व्यवसायीहरुले आरोप लगाएका छन् । सुनसरी उद्योग वाणिज्य संघको ४० औं साधारणसभाका अवसरमा उद्योगी तथा व्यवसायीहरुले नीजि क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन् । सोमबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष विजय श्रेष्ठले मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तनदेखि भुकम्प तथा कोरोनाको महामारीको सामना गर्दै आएका उद्योगी तथा व्यवसायीहरुले तंग्रिन नपाउँदै पुनः डेंगु संक्रमणले थला पारेको वृतान्त प्रष्ट्याउदै यस्तो विषम् परिस्थितिमा पनि व्यवसाय तथा उद्योग सञ्चालन गरेको बताए । उनले राज्यले यस्तो विषम् परिस्थितिमा सहय
धरान /धरान उत्सव स्थानीय घरेलु उद्योगका उत्पादनका स्टलहरुका लागि प्रदर्शन गर्ने थालेको रुपमा रहेको छ । गत शुक्रबारदेखि धरानको पब्लिक माविको खेल मैदानमा भएको उत्सवमा ७५ वटा स्टलहरु राखिएका भएपनि अन्य स्टलको तुलनामा घरेलु उद्योगका स्टलहरु भने सम्झन लायक रहेका छन् । १२३ औं धरान उत्सवमा विभिन्न प्रकारका व्यापारिक तथा जातीय परिकारका साथै सँस्कृति झल्किने स्टलहरु रहेका छन् । यी मध्ये त्यहाँ रहेका दुई वटा स्टल भने नितान्त फरक छन् । एउटा हो महिला उद्यमीबाट उत्पादन भएको स्वदेशी जडीबुटीबाट बनेका नुहाउने साबुन र अर्को स्टल धरानका अपांग तथा असहायहरुले बासको प्रयोग गरेर बनाइएका सजावटका सामानका स्टल
धरान/ मुख्य बजारमा धरान उपमहानगरपालिकाले मोटरसाइकल तथा निजि सवारी साधनलाई पार्किङ शुल्क उठाउन थाले पछि स्थानीय सरकारको चौतर्फि आलोचना हुन थालेको छ । धरान उपमहानगरपालिकाले गत कार्तिक २४ गते देखि लागु हुने गरि ठेक्का आव्हान गरेर पार्किङ शुल्क उठाउन थाले पछि स्थानीयले विरोध गर्न थालेका छन् । आर्थिक विधेयक २०८० को १० नम्बर बुँदाको २ नम्बरमा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र तोकिएका पार्किङ स्थलमा स्टेण्ड लगाउने वा पार्किङ गर्ने सार्वजनिक यातायातका सवारी साधनहरुमा पार्किङ सुविधा उपलब्ध गराए वापत यो शुल्क अशुल गर्नेछ भनिएको छ । ठेकेदार कम्पनीका कर्मचारीले पार्किङ शुल्क उठाउन पुर्जी
धरान/ १ सय २३ औ धरान डेको अवसरमा आयोजित इन्टर स्कुल छात्र छात्रा थ्री वाइ थ्री बास्केटबल प्रतियोगितामा २४ टिमले सहभागिता जनाउने भएका छ्न । धरान उपमहानगरपालिकाको आयोजनामा आयोजित बास्केटबल प्रतियोगिताको आइतबार ड्र मार्फत खेल तालिका तयार गरिएको छ । प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ १९ टिमले सहभागिता जनाएका छन । पुस २३ र २४ गते सम्पन्न हुने प्रतियोगिताका महिला र पुरुष बिजेताले नगद ५ हजार, उपबिजेताले नगद २ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि प्रतियोगिताका एमभिपी (उत्कृष्ट खेलाडी) अवार्ड बिजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पुर्ण खेल इन
धरान/ धरान १२ स्थित एम्स स्काउट क्रियुकी सिनियर टिम मेट नवीना मंग्राती नेपाल स्काउटलाई प्रतिनिधित्व गर्दै छ महिनाका लागि अफ्रिका महादेशको केन्या जाने भएकी छिन् । विश्व महिला स्काउट संगठनको यस गर्ल कार्यक्रम अन्तर्गत उनी नेपालबाट अन्य ४ जना स्काउट सहित प्रस्थान गर्नेछिन् । केन्या जाने नवीनालाई शुक्रबार एम्स एकेडेमीमा एक कार्यक्रम विच बिदाई गरिएको छ । विद्यालयका प्राचार्य मित्र तामाङ, प्रदेश तदर्थ समिति संयोजक रवी खनाल, सदस्य हेमन्त भण्डारी, धरान नगर तदर्थ समिति सदस्य एवम् प्याब्सन सुनसरी अध्यक्ष अनुप तामाङ, सहायक राष्ट्रिय प्रशिक्षक शुसील राई, नगर सदस्य मधुसूदन घिमिरे, गोपाल पौडेल, रोभ
धरान/ भारतीय राजदुतावास, पेन्शन वितरण, कार्यालय, धरानले गत बर्ष झै यो बर्षपनि बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलको सन्योजकत्वमा शनिवार रक्तदान साथै पहिलो पटक महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निशुल्क परिक्षण शिविरको आयोजना गरेको छ । पिपिओ धरानले ३ सय ४ पिन्ट रगत संकलन गरि प्रदेश नम्बर १ कै सर्वाधिक रगत संकलन कर्ताको रुपमा देखिएको छ । गत वर्ष पिपिओ, धरानले २ सय ८३ पिन्ट रगत संकलन गरि सुनसरी जिल्लामै सर्वाधिक संकलनकर्ता रहेको थियो संकलित रगत बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई हस्तान्तरण गरिएको थियो । यस आर्थिक बर्ष २०८०÷८१ को सुनसरी जिल्लामा मात्र नभएर कोशी प्रदेशमा आयोजना